पाेखरा, असार ३१ गते ।मन्टेश्वरी एशोसियसन कास्कीलको आयोजनामा संस्थासंग आवद्ध मन्टेश्वरी विद्यालयका चालकहरुलाई लक्षीत गर्दै ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
यही आषाढ २९ गते जिल्ला ट्राफिक प्रहरी कार्यालयको हलमा मन्टेश्वरी विद्यालयका करिव ७५ जना चालक / सहचालकहरुलाई दूर्घटना न्यूनीकरण तथा ट्राफिक सम्बन्धि महत्वपूर्ण दिएको छ।
मन्टेश्वरी एशोसियसन कास्कीका अध्यक्ष शाल्भी बास्तोला मर्सानीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ नायव निरीक्षक शिवप्रसाद पाठकले गर्नुभएको थियो चालकहरुलाई बुझ्ने गरि प्रशिक्षणको महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
सावारी चेकजाँच देखि सवारीका प्रशासनिक बरेमा पनि प्रष्ट पार्नुभएको थियो भने शडक लेन संगै दूर्घटना नहुनका लागि श्रब्य-दृश्यका माध्यमबाट घटनाहरूको बारेमा जानकारी दिदै नबुझेका कुरहरुमा प्रष्ट तरिकाले चालकहरुलाई प्रमुख अतिथि पाठकले दिनुभएको थियो । सहभागीहरुले यस्तो महत्त्वपूर्ण कार्यक्रम राखेकोमा धन्यवाद दिएका थिए ।
ट्राफिक प्रहरी कार्यालयको विशेष सहयोगमा गरि कार्यक्रम गर्न पाउँदा कार्यालयलाई धन्यवाद दिदै कार्यसमिति र म्याक सदस्यहरु चालक वर्गहरुमा धन्यवाद दिदै अध्यक्ष शाल्भीले समापन गर्नुभएको थियो ।
कार्यक्रमको संयोजक मिना सापकोटा बरालले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन सस्थाका सचिव जनार्दन सुवेदीले गर्नुभएको थियो ।