पाेखरा, साउन १३ गते । सुर्यचन्द्र बिकास समाज पोखरा- ५ को ३०औ साधारण सभा तथा १५औ अधिवेशन शनिबार सम्पन्न भएकाे छ ।
अधिवेशनले कमला गाैतमकाे अध्यक्षतामा नयाँ समिति चयन गरेकाे छ ।
समितिकाे उपाध्यक्षमा सावित्री कोइराला, महासचिवमा हेमराज भण्डारी, सचिवमा दीपक बराल र कोषाध्यक्षमा कमला सुनार चयन भएका छन ।
समितिकाे सदस्यमा बिमल श्रेष्ठ, कर्ण बहादुर,मिरा के. सी, प्रदिप सुबेदी, माधव बास्तोला र बिमल दवाडी चयन भएका छन । अधिवेशनकाे उद्घाटन प्रतिनिधि सभा सदस्य दामाेदर बैरागी पाैडेलले उद्घाटन गरेका थिए ।