आँखा पाक्ने राेगकाे संक्रमण बढेपछि पाेखराका विद्यालय ३ दिन बन्द

पाेखरा, साउन २३ गते ।पोखरामा आँखा पाक्ने रोगको संक्रमण बढेसंग पाेखरा महानगरपालिकाले सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेकाे छ ।

पाेखरा महानगरपालिका शिक्षा महाशाखाले मंगलबार सार्वजनिक सुचना जारी गर्दै साउन २४ देखि २६ गतेसम्म  महानगरका निजि, सामुदायिक र मन्टेश्वरी विद्यालय बन्द गर्ने निर्णय गरेकाे जनाएकाे छ।

साेमबार सराेकारवाला वीच महानगर प्रमुख धनराज आचार्यले अध्यक्षतामा बसेकाे बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेकाे उल्लेख गर्दै तीन दिन विद्यालय बन्द गर्ने सुचना प्रकाशन गरिएकाे बरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीद्वारा जारी सुचनामा उल्लेख छ ।

 

प्रकाेप बढेपछि सरोकारवालाले केही दिन स्कुल बन्द गर्न आग्रह गरेका थिए ।  पोखराको हिमालय आँखा अस्पतालले पनि सोमबार पत्रकार सम्मेलन गरी अहिले दैनिक १ हजार २ सयभन्दा बढी बिरामी उपचारका लागि आइरहेको जनाएको थियाे ।

 

सामान्य अवस्थामा दैनिक ६ सय हाराहारी बिरामी उपचारका लागि आउने गरेको अस्पतालकी स्वास्थ्य निर्देशक डा इलिया श्रेष्ठले जानकारी दिइन् । अहिले कर्मचारीलाई ओभर टाइम घटाएर भए पनि उपचार गरिरहेको उनले बताएकी थिइन ।केही विद्यालयका विद्यार्थीमा आँखा पाक्ने राेग समेत देखिएकाे छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...