पाेखरा महानगरले वृद्धि गरेकाे कर घटाउन काँग्रेसकाे माग

पाेखरा, साउन २८ गते ।नेपाली काँग्रेस पाेखरा महानगर र जिल्ला कार्यसमितिले पाेखरा महानगरले वृद्धि गरेकाे कर  तुरुन्तै फिर्ता लिन अनुरोध गरेकाे छ ।

पार्टीवाट गरिएको विनम्रताको उच्च राजनैतिक संस्कारलाई वेवास्ता गरियो भने पार्टीको शक्तिभित्र लुकेको जनताको आक्रोश सडकमा पोख्न पर्ने परिस्थितिको सिर्जना हुन सक्छ । यो गम्भीरता तर्फ पनि पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ  विज्ञप्तिमा भनिएकाे छ ।

पोखरा महानगरपालिका पोख्रेली जनताहरुको अविभावक निकाय हो काँग्रेसले भनेकाे छ, अविभावक त्यतिवेला भईन्छ जतिवेला उसको ध्यान प्रमुखरुपले जनताको हित र उनिहरुको समृद्धिसंग जोडिएको हुन्छ । तर यो भावनाको विपरित महानगरपालिकाको ध्यान यतिवेला केवल कर वढाएर धेरै राजस्व उठाउने कुरामा मात्रै केन्द्रित भएका कारण  जनताको अविभावक हुन नसकेको गुनासो सर्वत्र सुनिएकाे छ ।

 

 

यो हामी कसैका लागि पनि सुखद विषय होइन । राजस्व संकलन गर्नका लागि अनावश्यक रुपमा कर वढाउने होइन, आवश्यक क्षेत्रहरुको पहिचान गरी करको दायरा वढाउने हो । यसतर्फ पोखरा महानगरपालिकाको ध्यान पुग्न सकोस काँग्रेसले भनेकाे छ ।

 

 

उसले कर वृद्धि कुन अध्ययन र अनुसन्धानका आधारमा गरिएको हो ? कर वृद्धिवाट उठेको रकम जनताको कुन कुन हकहित र सुरक्षाका निम्ति खर्च गरिने हो ? जनताको हितका निम्ति के काम गर्नका लागि कति रकम नपुग भएका कारण कर वढाउनु पर्ने भएको हो ? भन्ने जस्ता विषयहरु माथि व्यापक छलफल र वहस नगरी गरिएको कर वृद्धिको औचित्यता पुष्टी हुन नसक्ने बताएकाे छ ।

 

 

औचित्यता पुष्टी गर्न नसकी अत्याधिक मात्रामा वृद्धि गरिएको घर बाहाल कर, व्यवसाय कर, सम्पत्ति कर र भूमि कर लगायतका क्षेत्रमा भएको कर वृद्धि तुरुन्तै फिर्ता लिनका लागि नेपाली काँग्रेस, कास्की अनुरोध गर्दछ विज्ञप्तिमा भनिएकाे छ ।

 

 

पार्टीको यो अनुरोध भित्र आक्रोस र विनम्रता दुवै लुकेको छ काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले   विनम्रताको उच्च राजनैतिक संस्कारलाई वेवास्ता गरियो भने पार्टीको शक्तिभित्र लुकेको जनताको आक्रोश सडकमा पोख्न पर्ने परिस्थितिको सिर्जना हुन सक्ने चेतावनी समेत दिएका छन ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...