काठमाडौ, भदौ १३ गते ।मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना हुने १९ एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्ने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई किट्स ब्याग प्रदान गरिएको छ ।
नेपाली राष्ट्रिय महिला टोलीलाई कतार एनसीसीका अध्यक्ष रमेश भट्टले प्रदान गरको किट्स ब्याग राष्ट्रिय खेलकुद परिषद्का सदस्य पेमा लामा र राखेप तालिम तथा प्रशिक्षण विभागकी उपनिर्देशक ओलम्पियन संगिना बैद्यले आज टिमलाई हस्तान्तरण गरे ।
कतारमा रहेका राष्ट्रिय तेक्वान्दो खेलाडी अर्जुन गोतामेको पहलमा एनसीसीका अध्यक्ष भट्टले नेपाली राष्ट्रिय महिला टोलीका सदस्य २२ खेलाडी, ३ प्रशिक्षक र १ फिजियोलाई उक्त किट्स ब्याग प्रदान गरको ओलम्पियन बैद्यले जानकारी गराईन् ।