पर्यटकको बसाइ लम्ब्याउन चक्रीय पदमार्ग

कास्की, असोज ५ गते । घान्द्रुक जाने पर्यटकको बसाइ लम्ब्याउन पर्यटन व्यवसायीले चक्रीय पदमार्ग निर्माण गरेका छन् । पदमार्ग ४ किलोमिटर लामो रहेको छ ।

घान्द्रुक पर्यटन व्यवस्थापन समितिले निर्माण गरेको पदमार्गको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले उदघाटन गर्नुभएको हो ।

 

उक्त पदमार्ग मन्त्रालयको ५ लाख र समितिको १ लाख ५० हजार गरी ६ लाख ५० हजार रुपियाँको लागतमा पदमार्ग निर्माण गरिएको समितिका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिनुभयो ।

 

मन्त्रालयका सचिव कुमानसिंह गुरुङले चक्रीय पदमार्गले घान्द्रुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । ‘‘घान्द्रुक कल्चर र नेचरको धनी गाउँ हो । यसमा चक्रीय पदमार्गले अझ टेवा पुग्नेछ । प्रदेश सरकारले उच्च हिमाली क्षेत्रमा पदमार्ग निर्माणमा सघाएको छ । सोहीअनुसार मन्त्रालयले यहाँ सहयोग गरेको हो’’ उहाँले भन्नुयभो ।

 

पदमार्ग अझै अपुरो रहेकाले आगामी वर्षको बजेटमा यसको विस्तारका लागि सहयोग गर्ने उहाँले प्रतिवद्धता जनाउनुभयो । यो पदमार्ग घान्द्रुकको बसपार्कदेखि सुरु भएर पञ्चे, कोटगाउँ, बलाचे पार्क, नभ्री थेव मेश्रम बराह मन्दिर, कोचमा प्लाँ, ७०० घान्द्रुक मेश्रम बराह, नेगो, चिया बगान, गैह्री गाउँ, तल्लो गाउँहुर्द बसपार्कमा पुगेर सकिने समितिका अध्यक्ष बिक्रम गुरुङले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...