महानगरका कार्यबाहक प्रमुख गुरुङद्धारा पर्यटकलाई स्वागत

पोखरा, असोज १० गते । विश्व पर्यटन दिवसका अवसरमा पोखरामा पर्यटकलाई स्वागत गरिएको छ । पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलमा पहिलो उडानबाट पोखरा आएका आन्तरिक तथा बाह्य पर्यटकलाई विमानस्थलमा पर्यटकलाई पञ्चेबाजा सहित खादा लगाएर स्वागत गरिएको हो ।

पर्यटकहरुलाई पोखरा महानगरपालिका कार्यबाहक मेयर मञ्जुदेवी गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, रेवान पोखराका अध्यक्ष नरेश भटराई लगायत पर्यटन ब्यवसायीहरुले खादा लगाएर स्वागत गर्नुभएको हो ।


पोखरा पर्यटन परिषदको आयोजना, उद्योग पर्यटन बन तथा वातावरण मन्त्रयालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त प्रवद्र्धनमा ४४ औ विश्व पर्यटन दिवसको अवसरमा पहिलो विमानबाट अवतरण गर्ने पर्यटकलाई स्वागत कार्यक्रमको आयोजना गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

 

यस्तै सडक मार्ग मार्फत आउने पर्यटकलाई समेत राष्ट्रबैंकचोकमा रहेको पर्यटन बसपार्कमा स्वागत गरिएको छ भने पर्यटन बसपार्क सरसफाई र रक्तदान कार्यक्रम समेत सम्पन्न भएको छ ।पर्यटन दिवसको अवसरमा पोखरा आज विविध कार्यक्रम गरिदैछ । रेवान पोखराले पर्यटन दिवसकै अवसरमा सडक महोत्सव समेत गर्दैछ । पर्यटकीय क्षेत्र लेकसाइड क्षेत्रमा महोत्सव गर्न लागेको रेवानले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...