सुदूरपश्चिम प्रदेश सरकारले ज्यान गुमाएका परिवारलाई दुई लाख राहत

घोडाघोडी (कैलाली), असोज २२ गते । इजरायलको किबुज अलुमिममा बिद्रोही समूहको आक्रमणबाट निधन भएका परिवारलाई प्रतिव्यक्ति दुई लाखका दरले राहत दिने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार जारी गरेको विज्ञप्तीमा उक्त जानकारी गराइएको हो ।

मुख्यमन्त्री शाहले मृतकप्रति हार्दिक श्रद्धाञ्जली तथा शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नु भएको छ । सिक्दै कमाउदै कार्यक्रममा इजरायल गएका आक्रमणमा परेका सम्पर्कविहीन तथा घाइते विद्यार्थीहरुको शीघ्र खोज तथा उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका सम्बन्धित निकायलाई अनुरोध गरिएको छ ।

 

मुख्यमन्त्री शाहले निधन भएका नेपालीहरुको शव फिर्ता ल्याउने कार्यमा प्रधानमन्त्री, परराष्ट्रमन्त्रालय, इजरायल सरकार र इजरायल स्थित नेपाली राजदूतावासलाई अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...