पानी जहाज दुर्घटनमा मृत्यु हुनेको सङ्ख्या ४७ पुग्यो

काठमाडौं, कात्तिक १ गते । उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा गत शुक्रबार पानी जहाज दुर्घटना हुँदा मृतकको सङ्ख्या ४७ पुगेको छ । यातायातमन्त्री मार्क एकिलाले मङगलबार यसबारेमा जानकारी गराउनुभएको हो ।

कंगो नदीमा गत शुक्रबार भएको पानी जहाज दुर्घटनामा परी अझै एक जना बेपत्ता भएको बताइएको छ । जहाज ओभरलोडका कारणले दुर्घटना भएको मन्त्रीले बताउनु भयो ।

 

प्रान्तका डेपुटी गभर्नर टेलर एनगान्जीले गत आइतवारको वक्तव्यमा भने २८ जनाको शव फेला परेको र २६१ जना बेपत्ता भएको बताउनुभएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...