पुम्दिकाेटमा आन्तरिक पर्यटककाे भिड(फाेटाे फिचर)

पाेखरा, कार्तिक ८ गते ।पाेखरा महानगरपालिका २२ मा रहेकाे पर्यटकीय क्षेत्र पुम्दीकाेट  आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणकाे केन्द्र बनेकाे छ ।

पुम्दिकाेटमा रहेकाे शिवकाे मुर्ति र त्यहाँबाट देखिने मनाेरम दृश्य नियाल्न लालायित हुने गरेका छन ।

पुम्दिकाेटमा पर्यटकलाई त्यहाँ पुगेपछि लामाे समय टिकाउने उदेश्यले पर्यटकिय पूूर्वाधार निर्माणका भएका   छन ।

५२ फिट अग्लाे शिवकाे मुर्तिसंगै निर्माण गरिएका अन्य पूर्वाधार र त्यहाँबाट देखिने मनाेरम दृश्यले सबैकाे मन लाेभ्याएकाे छ । दैनिक सयाैकाे संख्यामा आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गर्छन ।

पर्यटककाे बसाई लम्बाउने उदेश्यले शिव मुर्तिकाे पारि डाँडामा पार्वतीकाे मुर्ति निर्माण गरिएकाे छ ।पुम्दिकाेट धार्मिक क्षेत्र विकास समितिले झन्डै १ कराेडकाे लागमा पार्वतीकाे मुर्ति निर्माण लगायत अन्य संरचना निर्माण गरेकाे छ  ।२० फिट पार्वतीकाे मुर्ति र वरिपरि बाघले घेरिएकाे मुर्ति निर्माण गरिएकाे छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...