पाेखराकाे पुम्दीभुम्दीमा नगर बस दुर्घटना

पाेखरा, कार्तिक १२ गते ।पाेखराकाे पर्यटकीय क्षेत्र पुम्दीकाेटबाट पोखरा आउँदै गरेको नगर बस दुर्घटना भएको छ ।

ग १ ख ८५८५ नम्बरको बस दुर्घटना हुँदा ३५ जना घाईते भएका छन् । पोखरा–१७ छोरेपाटनबाट पोखरा–२२ शान्तिस्तुपातर्फ जाँदै गरेको बस घैयाखेत भन्ने ठाउँमा दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् ।

 

घाईते मध्ये ७ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएकाे छ ।

 

घाईतेहरुलाई उद्धार गरेर पश्चिमाञ्चल क्षेत्रीय अस्पताललगायतका अस्पतालमा लगिएको  छ ।

 

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...