पाेखरा ४ मा कार्यरत अनमी क्षेत्रीकाे बिदाई

पाेखरा, कार्तिक १७ गते । शहरी स्वास्थ्य केन्द्र पोखरा -४ गणेश टोल मा कार्यरत अनमी प्रतीक्षा क्षेत्रीलाई बिदाई गरिएकाे छ । क्षेत्री वैदेशिक यात्रामा जाने भएपछि सेवाबाट राजिनामा बुझाएपछि उनलाई वडा कार्यालयले बिदाई गरेकाे हाे ।

वडा अध्यक्ष देवकृष्ण पराजुलीले खादा लगाएर आगामी दिनकाे यात्रा सफल र सुखद रहाेेस भन्ने शुभेच्छा ब्यक्त गरेफ।उनले लामाे समय वडा नम्बर ४ काे शहरी स्वास्थ्य क्षेत्रमा काम गरेकाे बताउदै ब्यक्तिका आफनै बाध्यता र चाहनाले एकै ठाउँमा रहन नसक्ने बताए ।

अध्यक्ष पराजुलीले आफुले काम गरेकाे संस्थाकाे सधै माया र याद आउने बताउदै आफनै घर भएकाले सम्झेर आउन समेत आग्रह गरे ।

 

कार्यक्रममा महिला  स्वास्थ्य स्वयमसेबिका बिष्णु कोइराला बधाई समेत ज्ञापन गरिएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...