सिक्लेसमा सचेतनामुलक कार्यक्रम

पोखरा, मंसिर ।जिल्ला प्रहरी कार्यालय कास्कीको आयोजनामा मादी गाँउ पालिका अन्तर्गत वडा नं।१ सिक्लेसमा विभिन्न सचेतना मूलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।


मादी गाँउपालिका वडा नं। १ को आयोजना तथा जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा जिल्ला कास्की मादी गा।पा। वडा नं।०१ सिक्लेस स्थित सभाचोकमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखको उपस्थितीमा १६ दिने लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम अन्तर्गत प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाको प्रमुख आतिथ्यता तथा मादी गाउँपालिकाका वडा नं। १ का वडा अध्यक्ष देवीजंग गुरुङको विशेष उपस्थितीमा स्थानिय जनप्रतिनिधी, आमा समूह, होटल व्यवसायी संघ, भद्रभलाद्मी, बुद्धिजिवी, समाजसेवी, क्लवका पदाधिकारी लगायतको उपस्थितिमा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो

सोही अवसरमा जिल्ला कास्की मादी गाँउ पालिका अन्तर्गत वडा नं।०१ सिक्लेस स्थितमा रहेको श्री अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई समेत बाल अधिकार, बालबालिका विरुद्ध हुन सक्ने अपराध तथा अपराधबाट बच्नका लागि अपनाउनु पर्ने साबधानीहरु र साईबर अपराधबाट बच्ने उपायहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापा प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...