प्रधामन्त्री क्रिकेट कपका लागि खेलाडी छनाैट

उर्लाबारी, पुस ३ गते । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि मोरङको पथरीशनिश्चरे नगरपालिकाका चार जना खेलाडी छनौट भएका छन् । मोरङ जिल्ला क्रिकेट सङ्घले प्रकाशित गरेको प्रारम्भिक छनौटमा उहाँहरूको नाम सिफारिस भएको हो ।

पुस ३ गते हुने अन्तिम छनौटमा उहाँहरु सहभागी हुनेछन् । छनौट हुनेमा दिपेश भण्डारी, आदर्श कार्की, अश्विन महत र दिप वस्नेत हुनुहुन्छ । महत र कार्की पथरीशनिश्चरे-१ का हुन् भने भण्डारी ३ नम्वर वडाका र वस्नेत ७ नम्वर वडाका हुन् । वस्नेत र महत बलर, कार्की व्याट्समेन र भण्डारी अलराउण्डर खेलाडी हुन् ।

 

चौंथो संस्करणको पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेटमा भण्डारी र कार्की सम्मिलित टिम आइतवारे अस्त्रले उपाधि पाएकाे थियो । वस्नेत र महतले ‘सात वाघ’ बाट खेल खेलेका थिए ।

 

मिनास थापा क्याप्टेन रहेको मोरङ रातोको टोलीमा महत र कार्की छन् भने लभ कामत क्याप्टेन रहेको मोरङ निलोमा वस्नेत छन् । भण्डारी सुर्वण भने यादव क्याप्टेन रहेको मोरङ पहेँलोमा छन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...