सडक महाेत्सव पर्सिदेखि, झकिझकाउ लेकसाईड

पाेखरा,पुस १० गते ।पाेखराकाे पर्यटकीय क्षेत्र लेकसाइड यतिबेला सिघाँरिएकाे छ ।अग्रेेजी नयाँ वर्षकाे आगमनसंगै लेकसाईडकाे तीन किलोमिटर क्षेत्र ध्वजापताका र रंगरोगन गरेर सिघारिएकाे छ ।

रेष्टुरेन्ट एण्ड बार एशाेसियशन (रेवान) पाेखराले आयाेजना गर्ने सडक महाेत्सवका लागि बिवाहा घर जस्तै झकिझकाउ बनाइएको छ । २५ औं संस्करण बिहीबार (पर्सि) सुरु हुदै छ ।अग्रेेजी नयाँ वर्षकाे स्वागतमा रेवानले महाेत्सव मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रर्बदन गर्ने उदेश्य विगत २४ वर्षदेखि महाेत्सव गर्दै आएकाे छ ।

पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने महोत्सव रजत जयन्तीका रुपमा पुस १२ देखि  १६ गतेसम्म चल्ने आयोजक रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) ले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी  दिएको छ । महाेत्सवकाे तयारी समेत अन्तिम चरणमा पुगेकाे जनाएको हाे ।

विगतमा अंग्रेजी नयाँ वर्षमा नेपालमा बाह्य पर्यटक शून्य हुने अवस्थामा विदेशी पाहुना डाक्ने उद्देश्यसहित महोत्सव सुरुआत गरिएको रेवान पाेखराका अध्यक्ष नरेश भट्टराईले बताए ।‘महोत्सव सुरु हुनुभन्दा अगाडि यो सिजनमा विदेशी पर्यटकको आगमन लगभग शून्य नै हुन्थ्यो । क्रिसमस, उनीहरुको नयाँ वर्ष पनि एकैचोटी हुने भएकाले नेपाल आउँदैथे’, अध्यक्ष  भट्टराईले  भने, ‘उनीहरुलाई नेपाल बोलाउन नै सुरुमा महोत्सव आयोजना गरिएको थियो ।’

 

 

सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित मनाइने महोत्सवमा थारु, मगर, किरात, नेवारीलगायत जातजाति तथा समुदायको परम्परागत भेषभूषासँगै संस्कृति समावेश गरिने आयोजकको भनाइ छ ।

 

 

महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेषभूषा प्रदर्शनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सव करिब ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ ।

 

 

पाेखराकाे पर्यटन प्रर्बदन गर्न महाेत्सवले भुमिका खेल्ने पाेखरा पर्यटन परिषद्का अध्यक्ष पाेमनारायण श्रेष्ठले बताए ।पाेखराकाे पर्यटनमा सकरात्मक प्रभाव देखिएको बताए ।उनले महाेत्सव सफल बनाउन सबैकाे भुमिका सकरात्मक हुने बताए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...