तमु समुदायको संस्कार र संस्कृतिकाे संरक्षण गराैँ :उपप्रमुख गुरुङ

पाेखरा,पुस १४ गते ।पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले तमु समुदायकाे संस्कार र संस्कृति संरक्षण गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जाेड दिएकी छन ।

तमु समुदायको नयाँ  वर्ष ल्हाेसार/ल्हाेछारकाे अवसरमा घाचाेक  लाम्छाने गुरुङ समाजकाे २५ आै  रजत जयन्ति तथा चेलिबेटी  प्रिती भाेज कार्यक्रममा बाेल्दै उनले संस्कृति संरक्षणमा गर्नुपर्ने बताइन ।उनले तमु समुदाय इमान्दार हुने बताउदै सबै क्षेत्रमा स्थापित भएर जानुपर्नेमा जाेड दिइन ।

 

उपप्रमुख गुरुङले जनताबाट निर्वाचित जनप्रतिनिधिले साझा ब्यक्तिका रुपमा नागरिकको पक्षमा काम गर्नुपर्ने बताउदै आफू सधै सत्य र न्यायकाे पक्षमा उभिने प्रतिबद्वता व्यक्त गरिन । उनले निर्वाचनमा पार्टीकाे उम्मेदवार बनेपनि जितेपछि साझा भएकाे भन्दै विकासमा राजनीति आस्थाका आधारमा विभेद गर्न नहुने बताईन ।

 

 

कार्यक्रममा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले  आफनाे भेषभुषा, भाषा, संस्कार र संस्कृतिकाे संरक्षण गर्नुपर्नेमा जाेड दिए ।

 

 

कार्यक्रममा आश गुरुङ, शिरकुमारी गुरुङ, कुमार गुरुङ, कृष्णबहादुर गुरुङ लगायतले बाेलेका थिए ।कार्यक्रम समाजलाई सहयाेग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...