गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्षमा ‘विजय शाही’ सर्वसम्मत निर्वाचित

पोखरा। गण्डकी प्रदेश फेन्सिङ संघको अध्यक्ष विजय शाही अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन् ।पोखरामा सोमबार सम्पन्न संघको प्रथम अधिवेशनले आगामी चार वर्षका लागि अध्यक्ष शाहीसहित सम्पूर्ण कार्यसमित सर्वसम्मत निर्वाचित गरेको हो ।


संघको उपाध्यक्षमा मनिषा गुभाजु, सचिवमा सन्दिप बराल, कोषाध्यक्षमा प्रदिप छिन्दाल सर्वसम्मत निर्वाचित भएका छन् ।कार्यसमितिको सदस्यमा शिब शर्मा, महेश प्रसाद पौडेल, रुद्र बहादुर खड्का (रविन्द्र) विरेन्द्र तिवारी, कृष्ण बहादुर रानाभाट, निशान कार्की र दिपेश गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशन लगतै सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न सहयोग गर्नेहरुप्रति आभार व्यक्त गर्दै कार्यसमिति सदस्यमा सुस्मिता पाठकलाई मनोनयन गरेको छ ।यस अघि भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका सदस्य केशव पाठकले दशौंको तयारीमा जुट्न र खेलाडी उत्पादनमा विशेष ध्यान दिन आग्रह गरे ।सो अवसरमा नेपाल फेन्सिङ संघका कोषाध्यक्ष अनुप कपालीले पोखरामा ५ वर्ष अघि बाट सुरु भएको फेन्सिङ खेलले खेलाडी उत्पादन गरी राष्ट्रियस्तरमा पदक जित्न सफल भएको भन्दै प्रशंसा गरे ।

संघका नवनिर्वाचित अध्यक्ष शाहीले गण्डकीमा फेन्सिङ खेलको विकासका लागि निर्वाचित कार्यसमितिले कोही कसैसंग भेदभावपूर्ण ब्यबहार नगरी योजनावद्ध रुपमा कार्य गर्ने प्रतिवद्धता जनाए । उनले भने–“यहाँहरुले दिनुभएको साथ र सहयोगका लागि आभार व्यक्त गर्दछु । संघलाई सुशासन तर्फ अघि बढाउने संगै लैङ्गिक समानता, अनुशासन र खेलकुदप्रतिको उच्च मर्यादामा रहि संघ अघि बढ्ने छ ।”सम्पन्न अधिवेशनमा निर्वाचन समितिको संयोजकको जिम्मेवारी सम्हालेका विष्णु प्रसाद अधिकारी र घनश्याम पौडेलले नवनिर्वाचितहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...