गायत्री आधारभुत विद्यालयको वार्षिकोत्सव सम्पन्न

पोखरा, फागुन । पोखरा महानगरपालिका वडा नं. १९ घार्मीमा रहेको गायत्री आधारभुत विद्यालयको ३९ औं वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले शैक्षिक गुणस्तर बढाउन शिक्षक, अभिभावक र विद्यार्थी विच शैक्षिक क्रियाकलापमा सम्वनय हुनुपर्नेमा जोड दिनुभयो । ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उहाँले यसका विषयमा वडा शिक्षा समितिमा छलफल गरि आवश्यक तयारी गरिने वताउनुभयो । शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन प्रसाद रेग्मीले विद्यालयले गरेका शैक्षिक गतिविधीलाई समुदाय स्तरसम्म पुर्याउनु पर्ने वताउनुभयो ।

कार्यक्रममा शिक्षक सागर पौडेल र कल्पना भट्टराईलाई सम्मान सहित विदाई गरियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्रमणि पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व वडाध्यक्ष शोभामोहन पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष बलराम पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष बावुराम पौडेल, पुर्व श्रोत व्यक्ति लेखनाथ लामिछाने लगायतले शैक्षिक सुधारका लागी स्थानिय सरकारले चासो दिनुपर्नेमा जोड दिए । शैक्षिक तथा खेलकुद तर्फको पुरस्कार समेत वितरण गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रमिला पौडेलले वाषर््िाक प्रतिवेदन पेश गर्नुभएको थियो ।

शिक्षक सरस्वती सुवेदी खनालले स्वागत गर्नुभएको कार्यक्रमको संचालन सुनिता ढुङ्गानाले गर्नुभएको थियो ।कार्यक्रममा विद्यार्थीले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...