स्काउट गण्डकी प्रदेशको प्रदेश आयुक्तमा सागर

पाेखरा, फागुन ११ गते ।नेपाल स्काउट गण्डकी प्रदेशको प्रदेश आयुक्तमा सागर पौडेल नियुक्त हुनुभएको छ । गत माघ २७ गते भएको प्रदेश परिषद्को निर्वाचनमा पौडेल लगायत २२ जना प्रदेश परिषद् मा निर्वाचित भएका थिए ।

नेपाल स्काउट गण्डकी प्रदेश स्काउटका प्रमुख स्काउट एवं माननीय सामाजिक विकास मन्त्री श्री सुशीला सिंखडा ज्युले नियुक्त गर्नुभएको हो ।

 

 

नेपाल स्काउट नियमावलि २०७७ बमोजिम प्रदेश परिषदको निर्वाचन बाट निर्वाचित भइ आउने एकजनालाई प्रदेशको सामाजिक बिकास मन्त्रीले मनोनित गर्न पाउने ब्यबस्था रहेको छ । करिव १२ बर्षपछी नेपाल स्काउटको निर्वाचन सम्पन्न भएको हो । लामो समयपछि रास्टृय परिषद, प्रदेश परिषद र स्थानिय स्काउट परिषदको निर्वाचन सम्पन्न भएको छ ।

 

पर्वत जिल्ला मोदि गाउपालिका वडा न ५ स्थायी ठेगाना भएका पौडेल बिगत १६ बर्षदेखि स्काउटिङ क्षेत्रमा सकृय हुनुहुन्थ्यो। यस अघि नेपाल स्काउट गण्डकी प्रदेशको सदस्यता वृद्धि सम्योजकको रुपमा कृयाशिल हुनुहुन्थ्यो ।

 

यस अघि गण्डकी प्रदेशको सम्योजक रहनुभएका आशिर्वाद सुवेदी रास्टृय परिषदमा निर्वाचित हुनुभएको छ। नियुक्त भए सङ्गै प्रदेश आयुक्त पौडेलेले गण्डकी प्रदेशका सबै पालिकाका बिध्यालयहरुमा स्काउट सन्चालन गर्ने कार्य मुख्य प्राथमिकता रहने र स्काउटलाई आम बालबालिका तथा युथ हरुको आकर्षणको केन्द्र बनाउन लागिपर्ने बताउनु भयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...