प्रथम विपि स्मृति खुल्ला फुट्सल कप सम्पन्न

पोखरा । नेपाल विद्यार्थी संघ पोखरा महानगरपालिका कार्यसमितिद्वारा आयोजना गरिएको प्रथम वि.पि. स्मृति खुल्ला फुट्सल कप पोखरा ७ मा अवस्थित फरेस्ट स्पोर्टस एरिनामा सम्पन्न भएको छ । 

१६ टिम को सहभागिता भएको खेलमा फाइनल खेल फ्रेस इलिमिन्टस र मिलन टोल बीच भएको थियो । मिलन टोलले ३-१ गोल अन्तरले फ्रेस इलिमेन्टसलाई पराजित गर्यो ।

गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बरालले फुट्सल कप उद्घाटन गरेका थिए भने कार्यक्रमको समापन नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले गरेका थिए । उक्त कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य आशिक गुरुङ , नेपाली काँग्रेस कास्कीका सचिब भानु ढकाल, क्षेत्रीय सह-सचिब सितल अधिकारी, ने.वि. संघ केन्द्रीय सदस्य राजेन्द्र बराल, एन.आर.एन.ए जापानका सचिब दिपेश के.सी. लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

विजेता मिलन टोलले नगद ५५ हजार ५५५ रुपैयाँ र उपविजेता फ्रेस इलीमेन्टसले ३३ हजार ३३३ रुपैयाँ प्राप्त गरेको नेपाल बिद्यार्थी संघ पोखरा महानगरपालिकाका सभापति विपिन पौडेलले जानकारी दिए ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल-किपर र उच्चतम गोलकर्तालाई समेत ट्रफीका साथ सम्मान गरिएको पौडेलले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...