वडा कार्यालय ५ द्वारा कम्पोष्ट बिन वितरण

पोखरा । पोखरा महानगरपालिका वडा नं. ५ को कार्यालयले कम्पोष्ट बिन वितरण गरेको छ । कुहिने फोहोरलाई घरमै कप्पोष्ट मल बनाउन सकिने हुँदा कृषक तथा वडावासीको माग अनुसारनै वडा कार्यालय ५ ले कप्पोष्ट बिन शुक्रबार वितरण गरेको हो ।

वडामा कृषकको बाहुल्यता रहेको हुँदा कृषकको चाहनालाई मध्यनजर गर्दै कम्पोष्ट बिन वितरण गरिएको वडाध्यक्ष विष्णु प्रसाद बरालले बताए । साथै कार्यालयले कृषिलाई विशेष प्राथमिकताका साथ हेरेको वडाध्यक्ष बरालले बताए ।

वडा सदस्य हरिमाया विश्वकर्माले वडामा कम्पोष्ट बिनको अत्याधिक माग रहेको हुँदा गत वर्ष जस्तै यस वर्ष पनि वितरण गरिएको जानकारी दिइन् । साथै माग अनुसार पछि पनि वितरण हुने उनले बताइन् ।

त्यस्तै वडा सदस्य कल्पना भुवाजी क्षेत्रीले कम्पोष्ट बिन वितरणले घरका गृहणीहरु खुशी बनेका बताइन् । कुहिने फोहोर व्यवस्थापन पनि हुने र खेतबारीमा प्रयोग पनि आउने भएकाले कम्पोष्ट बिन उपयोगी रहेको उनले बताइन् ।

वडा कार्यालयको आधा अनुदान र कृषकको आधा लगानीमा कम्पोष्ट बिन वितरण गरिएको कार्यालयले जनाएको छ । वडा कार्यालयका अनुसार दुइ हजार रुपैया मुल्य पर्ने उक्त बिन ८५ वटा वितरण गरिएको हो ।

उक्त कार्यक्रममा वडा सदस्य गोविन्द पराजुलीले स्वागत मन्तव्य राखेका थिएभने कार्यक्रमको सञ्चालन वडा सचिव लक्ष्मण शर्माले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...