सहकारी दिवसको अवसरमा सरसफाई

पोखरा, चैत ।६७ औं राष्ट्रिय सहकारी दिवस अवसरमा पामे बचत तथा ऋण सहकारीले सरसफाई कार्यक्रम गरेको छ । पोखरा २४ पामे बजारमा सहकारीले सरसफाइ गरेको हो । सरसफाइ अभियानमा फेवा क्लब पामे, फेवा आमा समुह पामे, सिर्जनशिल आमा समुह पामे, गैरी गाँउ, प्रहरी चौकी पामे लगाएतको सक्रिय सहभागीता रहेको थियो । सहकारीमा सुशासन, प्रविधि र एकिकरण भन्ने मूल नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मंगलबार मनाउदै छन् ।

पामे बजारमा रहेका विभिन्न प्लाष्ट्रिक, बोतल लगाएतका फोहोरहरु भेटिएको सहकारीका व्यवास्थापक सुर्यमोहन पराजुलीले बताए । उनले पामे बजारलाई सधै सफा राख्नु पर्ने बताउदै बजारको फोहोर फेवातालमा जाने भएकाले पनि सफा राख्नु पर्ने बताए । सहकारीले आवश्यकता अनुसार त्यस क्षेत्रमा विभिन्न सामाजीक उत्तरदायित्वका काम गर्दै आएको छ ।

 

सहकरीमा १ हजार ७ जना शेयर सदस्य, अधिकृत पुँजी १५ करोड, चुक्ता पुँजी १० करोड ७ लाख रहको छ । आर्थिक वर्ष २०७९÷८० मा १५ करोड ४८ लाख निक्षेप संकलन गरी २४ करोड २२ लाख कर्जा प्रवाह गरेको छ । सहकारीले पामे र पोखरामा शाखा स्थापना गरि सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...