कथाकार हरिश्चन्द्र नेपालीको कथा पुस्तक ‘भुत्ते गाँठो’ विमोचन

पोखरा, चैत ।साहित्य श्रृंखला पोखराद्वारा पोखरेली लेखक हरिश्चन्द्र नेपालीको कथा पुस्तक ‘भुत्ते गाँठो’ लोकार्पण भएको छ ।पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले लोकार्पण गर्दै लेखकले कथा मार्फत सामाजिक समानताको सन्देश पाठक बिच पु¥याउन खोजेको बताए ।

बामपन्थी नेता केश बहाुदर परियार, गण्डकी साहित्य संगमका अध्यक्ष भिम रानाभाट, समालोचक चोलाकान्त ओझाले लेखक वैदेशिक रोजगारको सिलसिलामा युके भएर पनि नेपाली समाजको पुरातन चिन्तन बदल्न साहित्य मार्फत अगाडि बढेकोमा खुसी व्यक्त गर्नुभएको थियो ।

 

राष्ट्रिय श्रृंखलाका अध्यक्ष लक्ष्मी थापाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार धन बहादुर नेपालीद्वारा लेखकको परिचय, साहित्य श्रृंखला पोखराका सचिव काजी गाउँलेबाट स्वागत र संचालन हरिमाया वि.क.ले गर्नुभएको थियोउ । लेखक हरिश्चन्द्र्र नेपालीले भिडियो रेकर्डबाट शुभाकामना दिनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...