गलेश्वर मगर इकाईको साधारण सभा

गण्डकी, २५ चैत /नेपाल मगर संघ गलेश्वर इकाई समिति पोखरा १५ को प्रथम साधारण सभा एवम् नव वर्ष २०८१ सालको शुभकामना आदान प्रधान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न जिल्लाबाट सो स्थानमा आई वसोवास गर्ने मगरहरुको संगठित इकाइले विविध कार्यक्रमका साथ साधारण सभा सम्पन्न गरेको हो ।


नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर पुर्जामगरले साधारण सभाको उद्घाटन गर्दै मगरहरु प्राप्त संवैधानिक अधिकारको उपयोग गर्दै थप अधिकारका लागि मगरहरु संगठित भएर लाग्नु पर्ने बताउनुभयो ।कास्की मगरसंगमा विभिन्न ४३ ईकाई एवम् ९ वटा विभिन्न भातृसंगठन तथा पाँचवटै पालिका स्तरीय संघ कृयाशिल रहेको जानकारी गराउँदै उहाँले आप्mनो भाषा, संस्कृतिको संरक्षण संघको पहिलो प्राथमिकतामा रहेको बताउनुभयो ।संघका जिल्ला सचिव लालबहादुर रानाले मगर समुदाय गोलवन्द हुदै हक अधिकार सुनिश्चितताका लागि आ–आप्mनो क्षेत्रबाट राजनैतिक क्षेत्रमा लाग्नु पर्ने आवश्यकता औल्याउनुभयो ।

 

कलाकारद्धारा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको कार्यक्रमका इकाईमा आवद्ध ३८ परिवारका सदस्य एवम् कार्यक्रमका सहभागिहरुले एक आपसमा नया बर्षको शुभकामना आदान प्रदान गरेका थिए ।गलेश्वर इकाईका अध्यक्ष हिमाल आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगरसंघ जिल्ला महिला समन्वय समिति कास्की अध्यक्ष नुनु राना, पोखरा १५ वडासदस्य आशिष भण्डारी, नेपाल महगरसंघ पोखरा महानगरका अध्यक्ष ओम श्रीस लगाएतले संगठनको महत्व र यसले खेल्दै आएको भूमिकाका वारेमा प्रकाश पार्नुभएको थियो । इकाईका उपाध्यक्ष मिना थापा मगरले स्वागत, कोषाध्यक्ष मनमाया रानामगरले बार्षिक आयव्यय प्रस्तुत गर्नुभएको कार्यक्रम सचिव मिरा बुढामगरले संञ्चालन गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...