पोखरा ६ मा साबुन बनाउने तालिम सम्पन्न

पोखरा । बैशाख १२ । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन, सर्फ, भाडा धुने झोल साबुन सिप तथा आयमुलक ५ दिने ब्यवासयी तालिमहरु मंगलबार सम्पन्न भएको छ । वडा नं ६ को सहयोगमा “साबुन, सर्फ, भाडा धुने झोल साबुन सिप तथा आयमुलक” कार्यक्रम जनजाति, अल्पसख्यं, उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका गृहणीलाई लक्षित गरेर शिपमुलक तालिम सञ्चालन गरिएको हो । तालिम ८० जना गृहणी महिलाहरुको सहभागिता रहेको वडा सदस्य शोभा जलारीले जानकारी दिनुुभयो ।

तालिम समापन गर्दै गण्डकी प्रदेश सासंद देवका पहारी त्रिपाठीले तालिम अत्यन्तै उपलव्धीमुलक रहेकाले यसलाई ब्यवहारमा कार्यान्वयन गर्न सुझाव दिनुभयो । पहारीले तालिमपछि व्यवसाय प्रवद्र्धनमा पनि ध्यान दिनु पर्ने कुरामा जोड दिदै, उहाँले तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । तालिममा सहभागीहरुलाई साबुन बनाउने मेशिन प्रदान गर्दै वडा अध्यक्ष बिष्णु वहादुर भट्टराईले साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गर्नु भयो ।

 

भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनु भयो । पोखरा महानगर पालिका वडा न ६ का सचिब राम बहादुर खत्रिले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गर्नु भएको थियो । खत्रिले तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्यता पूरा हुने बताउनु भयो । कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले तालिममा सीकेको शिपलाई व्यवहारमा उतार्न सल्लाह दिनु भयो । उनले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गरेकी थिइन ।सुचनाका हकका लागि राष्ट्रिय सञ्जाल महानगर संयोजक अनिल थापाले सिकेको ज्ञानलाई ब्यवहारमा उर्तान आग्रह गनुभयो ।“प्लान स्टार सानो संसार” काठमाण्डौका प्रशिक्षकलहरुले प्रशिक्षण दिएको तालिममा सहभागि प्रशिक्षार्थीहरु मिना जलारी, चित्रा परियार,लक्ष्मी भुर्तेल अधिकारी र लिला सुनारहरुले आफ्नो सिकाई अनुभव शेयर गर्नु भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...