हेमजामा सर्प संरक्षण सम्वन्धि सचेतनामूलक कार्यक्रम

पोखरा, बैशाख । आदर्शमणि टोल विकास संस्थाको आयोजनमा हेमजामा सर्प संरक्षण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ ।पोखरा महानगर पालिका वडा नं. २५ को सहयोग तथा सर्प संरक्षण समाजको सहकार्यमा भएको जनचेतना मूलक कार्यक्रममा २ सय ५० जनाको सहभागिता रहेको थियो ।

विषालु र अविषालु सर्प कसरी चिन्ने, सर्पबाट हुने फाइदा, यसबाट वच्ने उपायका विषयमा कार्यक्रम जानकारी दिइएको थियो ।कार्यक्रममा सर्प संरक्षण समाजका अनुसन्धानकर्मी एवम् सर्प संरक्षणकर्मी ऋषि बरालले नेपालका विषालु सर्पहरु पहिचान, सर्प दंश र त्यसको व्यवस्थापन, सर्प संरक्षण समाजका आजिवन सदस्य सर्प संरक्षकर्मी केशवराज सापकोटाले आफ्ना अनुभव र सर्प संरक्षण समाजका सदस्य अभिषेक सापकोटाले कास्की र हेमजामा पाइने विभिन्न प्रजातिका सर्पहरुका वारेमा सहजिकरण गरेका थिए ।

 

उक्त कार्यक्रममा सम्पूर्ण हेमजावासीको तर्फबाट विगत ३५ वर्षदेखि वन्यजन्तुको अध्ययन, अनुसन्धान एवम् लाटोकोसेरो संरक्ष अभियानमा सक्रिया प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यलाई सम्मान गरिएको थियो ।

 

आचर्यलाई कार्यक्रमका प्रमुख अतिथी पोखरा महानगरपालिका प्रवक्ता तथा पोखरा—२५ हेमजाका वडा अध्यक्ष मोतिलाल तिम्सिनाले सम्मान पत्र, पोखरा महानगर पालिका कार्यपालिका सदस्य तथा पोखरा—२५ हेमजाकी वडा सदस्य धनकुमारी पोख्रेल तिम्सिनाले दोसल्ला, आदर्शमणि टोल विकास संस्थाका अध्यक्ष दान बहादुर भुजेल तथा अनुसन्धानकर्मी, सर्पसंरक्षकर्मी ऋषि वराल र सर्प संरक्षणकर्मी केशवराज सापकोटाले अविर लगाएर सम्मान गरेका थिए ।

 

वेलायती राजकुमारी एनबाट हरित क्षेत्रको ओस्कार मानिने ह्विट्ली पुरस्कारबाट सम्मानित भएकोमा आचर्यलाई हेमजामा सम्मान गरिएको हो । आचार्यलाई लाटोकोसेरो संरक्षणमा पु¥याएको योगदानको कदर स्वरुप ५० हजार पाउण्डको राशि प्रदान गरिएको थियो ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोखरा महानगर पालिका प्रवत्ता तथा पोखरा—२५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले प्रकृतिमा रहेका हरेक जिव जन्तुको आ—आफ्नै महत्व रहने बताए।

 

‘वडाले सर्पसंरक्षकर्मीसँग सहकार्य गरेर पहिलो पटक फरक खालको कार्यक्रम गर्ने अवसर मिलेको छ’ उनले भने,‘समाजमा आवश्यकता तर ओझेलमा परेका यस्ता खालका कार्यक्रम प्रत्यक ठाँउमा हुनु पर्ने अहिलेको आवश्यकता हो।’कार्यक्रममा सम्मानित व्यत्तित्व प्रकृतिका साथीहरुका निर्देशक राजु आचार्यले संरक्षणकै कार्यक्रममा आफू हेमजा सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्दै हरेक जिव जन्तुको संरक्षणको खाचो रहेको उल्लेख गरे ।आर्दमणि टोल विकास संस्था हेमजाका अध्यक्ष दानबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रकाशचन्द्र सापकोटाले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...