गायिका मिरा राणा र सितारवादक रेग्मी सम्मानित

सङीत प्रशिक्षण केन्द्र पोखराद्वारा संचालित लालबहादुर चन्डेश्वरी  ढेवाजु  स्मृती सङ्गीत  पुरस्कार २०७८ बाट प्रसिद्द गायिका मिरा राणा र २०८० बाट सङीतकार  प्रा. डा. धुर्बेश चन्द्र रेग्मीलाइ सम्मान गरिएको छ।जेष्ठ १२ गते शनिबार  एक समारोहका बीच  यस पुरस्कारबाट नेपाली साङ्गीतिक  क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनु भए बापत मिरा राणा ज्यु र शास्त्रीय सङीतमा महत्वपूर्ण योगदान  पुर्याउनु भए बापत  प्रा. डा. धुर्बेश चन्द्र रेग्मीलाइ सम्मान गरिएको हो।

 

 

 

बिन्धवासिनी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा बिहान ८ बजे आयोजित लालबहादुर चण्डेश्वरी स्मृती सङ्गीत पुरस्कार अर्पण समारोह २०८१ मा प्रमुख आमन्त्रित नेपाली कला क्षेत्रका वरिष्ठ कलाकार एवं कार्टूनिष्ट दुर्गा बराल वात्सायनले सम्मान पत्र,पुरस्कार संस्थापिका द्व्य सरस्वती श्रेष्ठ र बिजया मल्लले नगद राशी,सभापती गौतम बिजुक्छेले दोसल्ला र चयन समिती संयोजक तथा सल्लाहकार तिर्थ श्रेष्ठले माल्यार्पण गरि सम्मानित गर्नुभएको हो।

 

 

कार्यक्रममा केन्द्रका द्वितीय उपाध्यक्ष श्यामलाल श्रेष्ठले शब्दद्वारा आमन्त्रित सबैलाइ स्वागत गर्नुभएको थियो भने केन्द्रका प्रशिक्षक र प्रशिक्षार्थीहरुले स्वागत गानद्वारा स्वागत गरेका थिए।चयन समिती संयोजक तीर्थ श्रेष्ठले संस्था,पुरस्कार र सम्मानित व्यक्तित्वको परिचय राख्दै २०४६ सालमा स्थापित सङ्गीत प्रशिक्षण केन्द्रले सिकाइ मात्रै नभइ संगीत क्षेत्रमा निरन्तर योगदान गरेबापत श्रस्टाहरुलाइ सम्मान गर्ने र नयाँ पिंढिलाइ प्रोत्साहन गर्दै आएकोमा संस्थाका पुरस्कारहरु स्थापनामा संस्थापक अध्यक्षको पारिवारिक योगदानको चर्चा गर्नुभयो।

 

 

पुरस्कार संस्थापकका पारिवारिक प्रतिनिधि एवं चयन समिती सदस्य प्रेम कर्माचार्यले संस्थाको थप कृयाशिलताको कामना गर्दै पुरस्कार ब्यबस्थापनमा केन्द्रको भुमिका मुक्त कण्ठले प्रशंसा गर्नुभयो भने वरिस्ठ साहित्यकार एवं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपती सरुभक्त र हार्मोनी समूह पोखराकी अध्यक्ष इतु जोजिजुले शुभकामना मन्तब्य राख्दै सम्मानित श्रस्टाहरुलाइ बधाइ ज्ञापन गर्नुभयो।

 

 

केन्द्रको सङीत समुहले सम्मानित स्रस्टाहरुका गीत/संगीत प्रस्तुत गरेको उक्त कार्यक्रममा सम्मानित गायिका मिरा राणाले पुरस्कार लायक देखेर केन्द्रले सम्मान गरेकोमा केन्द्र र चयन समितिप्रती कृतज्ञता ज्ञापन गर्नुभएलगत्तै आफ्नो चर्चित गीत ‘मखमली चोली चाहिदैन’ प्रस्तुत गर्नुभयो।साथै केन्द्रका प्रतिभावान कलाकारसंग सहकार्यको अवशर जुटाउने प्रतिवद्दता समेत व्यक्तगर्नुभयो।अर्का सम्मानित व्यक्तित्व प्रा.डा. ध्रुवेश चन्द्र रेग्मिले स्वच्छ भावनाले साधनारत स्रस्टालाइ संस्थाले प्राथमिकतामा राख्नु आफैमा पुरस्कारको गरिमाको विषय रहेको भन्दै खुशी व्यक्त गर्नुभयो। साथै केन्द्रका तबला प्रशिक्षार्थी मिलन गिरि र आर्जव पौडेलसंग सितारमा शास्त्रीय र लोक शैलिका केही प्रस्तुती समेत राख्नुभयो।

 

 

प्रमुख आमन्त्रित वरिष्ठ कलाकार वात्सायनले जुनसुकै क्षेत्रमा पनि सहि व्यक्तिलाइ सहि पुरस्कार अर्पण गर्नुले सम्मान प्रदान गर्ने संस्था र पुरस्कार आफै सम्मानित हुने बताउदै सङीत क्षेत्रका दुई अब्बल साधकलाइ प्रमुख अतिथिको रुपमा सम्मानित गर्ने अवशरका लागि धन्यवाद ज्ञापन गर्नुभयो।
यस पुरस्कारबाट नेपाली सङ्गीतका शिखर पुरुष स्व. अम्मर गुरुङ, दीप श्रेष्ठ, स्व. गायक सरोज गोपाल बज्राचार्य ,स्व.  धनबहादुर गायक, स्व. कल्याण शेरचन,बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु सङीतकार रन्जित गजमेर तथा अभिनेत्री मिथिला शर्मा सम्मानित भैसक्नुभएको छ। हाल यस पुरस्कारको राशी रु एक लाख एक, दोसल्ला र सम्मानपत्र रहेको छ।
समारोहको संचालन संस्थाका महासचिव महोदत्त काफ्ले(एम.डि)को रहेको थियो।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...