पोखरामा विश्व संगीत दिवस मनाइदै

पोखरा/जुन २१ तारिख अर्थात विश्व संगीत दिवस । विश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँंदै छ ।सन् १९८२ जुन २१ तारिखमा फ्रान्समा यो दिवस पहिलोपटक मनाइएको थियो । त्यसयता हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्व संगीत दिवस मनाउने गरिएको हो । अहिले विश्वका एक सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २०४५ सालदेखि संगीत दिवस मनाउन थालिएको हो ।संगीत दिवसको अवसरमा पोखरामा पनि यहाँ रहेका विभिन्न साङ्गीतिक/वाङ्मयिक संस्थाहरुको संयुक्त आयोजनामा सांस्कृतिक कार्यक्रम गरि मनाइदै छ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका संस्थापक सदस्य सचिव साहित्यकार तीर्थ श्रेष्ठको परिकल्पनामा २०६० सालमा पहिलोपटक पोखराका संगीत सम्बद्द संस्थाहरुले यो दिवस मनाउन शुरु गरेका हुन।संगीत, कला र साहित्यको क्षेत्रमा संरक्षकको रुपमा रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानले यसबर्षको कार्यक्रमको सम्पुर्ण ब्यवस्थापन गर्दैछ भने मुख्य आयोजकको रुपमा तरेली सांस्कृतिक परिवार र सह-आयोजकमा हिमाली सांस्कृतिक परिवार,पोखरेली युवा सांस्कृतिक परिवार,संगीत प्रशिक्षण केन्द्र,सप्तरंगी सांस्कृतिक प्रतिष्ठान,अलिमिया लोक बाङ्मय प्रतिष्ठान,भक्ती संगीत प्रतिष्ठान,पोखरेली कलाकार संघ,त्रीवेणी संगीतालय,जोजिजु म्युजिक सेन्टर,कर्णप्रीय संगीतालाय,बालन एवं कला प्रतिष्ठान,लोक भजन चुड्का संरक्षण प्रतिष्ठान,विश्वहिन्दु महासंघ,सप्तरंगी साहित्य प्रतिष्ठान,झलकमान गन्धर्व सारंगी पाठशाला,धनबहादुर गायक स्मृति प्रतिष्ठान,रास्ट्रीय संगीतकर्मी संघ गण्डकी,आदिम कला केन्द्र,शास्त्रीय संगीत समाज नेपाल गण्डकी र बिटुडी डान्स स्टुडियो रहेका छन। अघिल्लो बर्षको कार्यक्रमको मुख्य आयोजक सप्तरंगि सांस्कृतिक प्रतिष्ठान रहेको थियो।

 

विभिन्न विधाका गीत/संगीत,नृत्य लगायत सांस्कृतिक प्रस्तुतिहरु रहने र प्रवेश नि:शुल्क रहेको यो विशेष कार्यक्रम असार ७ गते शुक्रबार दिउँसो १:०० बजे गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा हुने जानकारी कार्यक्रम संयोजक तरेली सांस्कृतिक परिवारका अध्यक्ष राजबहादुर गुरुङले जानकारी दिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...