पहिरो पीडितलाई आर्थिक सहयोग

पाेखरा, असार १४ गते ।मानवीय सेवा र उद्धारमा समर्पित संस्था जीवन ज्योति सेवा केन्द्रले पहिरो पीडितलाई विहिबार आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

मंगलबारदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका वडा नं २८ आरुपाटाका रितु सुनार र उनको परिवार पहिरोमा परेका थिए। मस्त निद्रामा रहेका बेला आएको पहिरोमा परी उनको ४ वर्षिय छोरा अनमोल सुनारको मृत्यु भएको छ। पहिरोले सबैकुरा बगाएको छ भने आमा रितु पहिरोले थिचेर गम्भीर घाइते भएकी छिन्।

 

उनको पोखराको गण्डकी मेडिकल कलेजको आईसियुमा उपचार भइरहेको छ। आर्थिक अवस्था नाजुक रहेका सुनार परिवारलाई जीवन ज्योति सेवा केन्द्रका केन्द्रीय अध्यक्ष सृजना रिजाल कार्की, सल्लाहकार बेल बहादुर पुन र सचिव तिलुमाया थापा खवासले संस्थाका सदस्यहरुबाट संकलन गरिएको नगद २० हजार ५० रुपैयाँ घाइतेलाई प्रत्यक्ष भेटी हस्तान्तरण गरेको हो।

 

खानलाई त धौ धौ पर्ने सुनार परिवारलाई उपचार खर्चले यतिबेला झन पिरोलेको छ। सुनार परिवारले सहयोगी मन भएकाहरुको सहयोगको अपेक्षा गरिरहेका छन। उनलाई सहयोग गर्न ९८१४१९९६०६ मा सम्पर्क गर्न सकिने परिवार श्रोतले जनाएको छ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...