काठमाडौँ । नेपालको नयाँ प्रधानमन्त्रीको नियुक्ति आइतबार मात्रै हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री नियुक्ति आइतबार गर्ने र सोही दिन सपथ कार्यक्रम आयोजना गर्ने तय भएको जनाएको छ ।
यसअघि शुक्रबार नै राष्ट्रपति रामचन्द्र पौडेलेले संविधानको धारा ७६ को उपधार २ बमोजिम प्रधानमन्त्रीमा दाबी पेस गर्नआह्वान गर्नुभएको थियो । लगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा दुई तिहाई सांसदको समर्थनसहित ओलीलाई प्रधानमन्त्री बनाउने गरी दाबी पेस गर्न शीतल निवास पुग्नुभएको थियो ।
संविधानको धारा ७६(२) मा प्रतिनिधि सभाका दुई वा बढी दल मिलेर सरकार बनाउन सक्ने प्रावधान छ। भेटका क्रममा ओली-देउवालाई राष्ट्रपति पौडेलले उपयुक्त समयमा संविधान अनुसार प्रधानमन्त्री नियुक्तिको काम गर्ने आश्वासन दिनुभएको छ।