तरेली साहित्य प्रतिष्ठानको ११ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

तरेली साहित्य प्रतिष्ठानको ११ वार्षिकोत्सब २११ औं भानु जयन्ती ,११२ औं श्रृङ्खला तथा पुरस्कार वितरण कार्यक्रम प्रतिष्ठानका अध्यक्ष रामेश्वर श्रेष्ठ “शैलेन्द्र “को अध्यक्षतामा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राइको प्रमुख आतिथ्यमा समरा गार्डेन रिसोर्ट साँखुमा सम्पन्न गरियो।
तरेली साहित्य प्रतिष्ठानले प्रकाशित सूचना अनुसार शंखरापुर र कागेश्वरि मनोहरा नगरपालिका भित्रका स्रष्टाहरू बाट २०७९ सम्म प्रकाशित कृति मध्य प्राप्त कृतिहरूबाट उत्कृष्ट कृति बिष्णु थापा बिछोडको जिवनको लय मुक्तक संग्रहलाई यस बर्षको तरेली साहित्य पुरस्कार प्रदान गरिएको थियो। पुरस्कार प्राप्त गर्नु भएका बिष्णु थापा “बिछोड” लाई प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले सम्मान पत्र ,उप मेयर समिता श्रेष्ठले नगद दस हजार ,नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले माला र सभापति रामेश्वर श्रेष्ठले टीका लगाएर सम्मान गरिएको थियो।
प्रमुख अतिथिले पानसमा बत्ति बालेर आदि कवि भानुभक्तको तस्वीरमा माल्यार्पण गरि सुरु गरिएको थियो। अध्यक्ष रामेश्वर श्रेष्ठले स्वागत मन्तव्य सहित तरेली साहित्य प्रतिष्ठानले बागमती पूर्वी क्षेत्रमा रहेका साहित्यीक मनहरुलाई समेट्दै समाज परिवर्तनका लागि साहित्य मार्फत जनचेतना जगाउंदै अघि बढेको र साहित्य, कला र सिर्जनालाई अघि बढाउन तरेली सधै अघि बढ्ने बताउनुभयो । उक्त कार्यक्रममा प्रमुख अतिथि भुपाल राईले आदीकवि भानुभक्तको स्मरण गर्दै तरेली साहित्य प्रतिष्ठानले गरेको साहित्यिक पहललाई प्रशंसा गर्नुभयो । काठमाण्डौं पूर्वी क्षेत्रमा साहित्य क्षेत्रमा तरेलीको महत्वपूर्ण योगदान रहेको बताउंदै आगामी दिनहरुमा तरेलीले थप साहित्यिक गतिविधि गर्नसकोस् भन्दै पुरस्कार प्राप्त कविलाई धन्यवाद दिनुभएको थियो । सो कार्यक्रममा संस्थागत विद्यालयको तर्फबाट मुकुन्द बिष्ट ,सामुदायिक विद्यालयको तर्फबाट भगवती मा.वि.का प्रधानाध्यापक अनुप श्रेष्ठ ,संघ संस्थाको तर्फबाट लायन्स क्लब अफ काठमाडौ सक्वका अध्यक्ष शंख नारायण श्रेष्ठ ,महाकवि गिरिजा प्रसाद लुमन्ती प्रतिष्ठानका अध्यक्ष यचु जोशी ,लामा तेज योञ्जन ,शंखरापुर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठ ,शंखरापुर नगरपालिकाकि उप प्रमुख समिता श्रेष्ठ र विभिन्न साहित्यक व्यक्तित्वहरुका साथसाथै विद्यालयका विद्यार्थीहरुको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न साहित्यक व्यक्तित्वहरुले आआफ्नो रचना वाचन समेत गरेका थिए ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...