सिद्घिश्वरमान अक्षलोक साहित्य प्रतिष्ठानको सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न

अक्षलोक साहित्य प्रतिष्ठानद्वारा आयोजित सम्मान कार्यक्रममा विभिन्न विधाका स्रष्टाहरुलाई प्रमुख अतिथि नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालज्यूको उपस्थितिमा सम्पन्न भयो । उक्त कार्यक्रममा साहित्य, समाज, स्वास्थ्य र शिक्षा क्षेत्रमा उदाहरणीय कार्य गरेर समाज रुपान्तरणमा योगदान पु–याउनु भएवापत साहित्य साधक, स्रष्टा, समाजसेवी, स्वास्थ्यकर्मी तथा शिक्षाकर्मीहरुको सम्मान गरीएको उक्त कार्यक्रममा l;l¢श्वरमान सर्वश्रेष्ठ अक्षलोक रत्न सम्मान २०८२ बाट प्रा. उपेन्द्र कुमार कार्की, सिl¢श्वरमान अक्षलोक नेपाल भाषाको संझ्या नेपा भाय संझ्या २०८२ बाट रेवती राजभण्डारी र नरेन्द्र बहादुर श्रेष्ठ, सि l¢श्वरमान सर्वोत्कृष्ट शताव्दी साहित्य साधक  २०८२ बाट राम विनय, सिl¢श्वरमान उत्कृष्ट युगल साहित्य साधक लक्ष्मी माली र स्नेह सायमी, सिl¢श्वरमान उत्कृष्ट साहित्य रत्न सम्मन २०८२ बाट हिरण्य कुमारी पाठक, सिl¢श्वरमान सर्वोत्कृष्ट स्वास्थ्य साधक सम्मा २०८२ बाट डा. भगवान कोइराला, सिl¢श्वरमान उत्कृष्ट बाल साहित्य तथा सम्पादन उत्प्रेरणा सम्मान २०८२ बाट स्व. विनय कसजु,  सिl¢श्वरमान उत्कृष्ट शिक्षा रत्न सम्मान २०८२ बाट प्रा.डा. हृदयरत्न वज्राचार्य, सिl¢श्वरमान उत्कृष्ट सुचना तथा साहित्य साधक सम्मान २०८२ बाट प्रविण जोशी, सिl¢श्वरमान उत्प्रेरणामुलक साहित्यिक संस्था सम्मान २०८२ बाट भिम विराज, संगीत, साहित्य, कला प्रतिष्ठान, सिl¢श्वरमान उत्प्रेरणामुलक साहित्यिक संस्था सम्मान २०८२ बाट साहित्यिक पत्रकार संघ, सिl¢श्वरमान उत्कृष्ट साधक सम्मान २०८२ बाट राजु सिंह, सिl¢श्वरमान–बिष्णुकुमार अग्रवाल साना उद्यमी उत्प्रेरणा पुरस्कारबाट निष्ठा कायस्थ, दिदीबहिनी क्रियसन्स, सिl¢श्वरमान चन्द्र विष्णु अन्तराष्ट्रिय सामाजिक योगदान सम्मान २०८२ बाट इ. रोगर दि गोरेन, सिl¢श्वरमान– महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कारबाट प्रा.डा. भानु चन्द्र वज्राचार्य, सिl¢श्वरमान मिलन मुक्ति आजिवन साहित्य साधना पुरस्कारबाट लाल बहादुर भुजेल लाई प्रमाणपत्र, मेडलबाट सम्मान गरिएको थियो । उक्त कार्यक्रममा अक्षलोकको नयां अंकको समेत विमोचन गरिएको थियो । इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसको पुस्तकालय हलमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि माननीय भौतिक तथा यातायातमन्त्री देबेन्द्र दाहालले आयोजक र सम्मानीत हुनुहुने सम्पूर्णलाई बधाई तथा आगामी दिनहरुमा लेखन कार्यबाट समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका रहेको कुरा बताउनु भयो । अक्षलोकका सिl¢श्वरमान श्रेष्ठको जीवनी बाट नयां पुस्ताले त्याग, इमान्दार र निष्ठापूर्ण राजनीति र साहित्य मार्फत समाज परिवर्तनको लागि खेल्नु भएको भूमिकाको प्रशंसा गर्दै निरन्तर साहित्यिक क्षेत्रको यस प्रकारको सम्मानले नयां पिढीलाई साहित्य क्षेत्रमा लाग्न उत्प्रेरणा जाग्ने विश्वास गर्नुभयो । उक्त कार्यक्रममा संस्थाका तर्फबाट संरक्षक डा. सावित्री श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो भने  कार्यक्रमका सभापति ई. स्वजन स्वराज शाक्यले गर्नुभएको थियो । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाबाट पाल्नुभएका साहित्य अनुरागीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...