सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रद्धारा सम्मान कार्यक्रम सम्पन्न

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रको आयोजनामा नेपाली तथा नेपाल भाषाको साहित्यमा विशेष योगदान पुर्याएका साथै नेपाली सङ्गीत, कला, र सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गरेका २२ जना व्यक्तित्व र नेपालका दुई संस्थालाई भव्य रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मान गरिएको छ ।  उक्त कार्यक्रममा  उपस्थित अतिथिहरुले संयुक्त रुपमा “अक्षलोक साहित्यिक पत्रिका” को ६७औँ अङ्कको लोकार्पण गरिएको थियो ।

उक्त कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी विजय सुव्वा, नेपाल भाषाकी आमा खम्बा सुवर्ण केशरी चित्रकार, समाजसेवी तथा राजनीतिकर्मी सुजिता शाक्य, डा.सावित्री श्रेष्ठ, महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालको आतिथ्यतामा सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रका अध्यक्ष स्वजन स्वराज शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्रले नगद रू १०,००० सहितको “सिद्धिश्वरमान मिलनमुक्ति उत्कृष्ट समाजसेवी पुरस्कार” हेटौंडामा रहेको आमाघरका निर्माता प्रा.विजय राज सिग्देललाई प्रदान गरेको थियो । यसै गरी नगद रू १०,००० सहितको “सिद्धिश्वरमान महेश्वरमान श्रेष्ठ उत्कृष्ट प्राध्यापक उत्प्रेरणा पुरस्कार” लुम्बिनी वौद्ध विश्वविद्यालयका रजिष्ट्रार डा.तिलकराम आचार्यलाई प्रदान गरिएको थियो । नगद रू १०,००० सहितको “सिद्धिश्वरमान चन्द्रविष्णु अन्तर्राष्ट्रिय सामाजिक योगदान पुरस्कार” म्यानमारमा रही नेपाली भाषी समाज र साहित्यमा योगदान गर्दै आउनुभएकी तुलसी थापालाई प्रदान गरिएको थियो ।

केन्द्रले नेपाली साहित्यको समालोचना र कथा विधामा दशकौंदेखि विशेष योगदान पुर्याउनु हुने प्रा. डा. दयाराम श्रेष्ठलाई सर्वोत्कृष्ट शताब्दी समालोचना सम्मान र प्रा. डा.  ध्रुवचन्द्र गौतमलाई सिद्धिश्वरमान सर्वोत्कृष्ट शताब्दी कथा सम्मान प्रदान गरेको थियो । यसका साथै केन्द्रले नेपाल भाषा साहित्य क्षेत्रलाई सम्पन्न बनाउन सहयोग गर्नुभएका चार विशिष्ट साहित्यकारहरू ➠ मनदेवी तन्दुकार, ध्रुव मधिकर्मी, मोतीलक्ष्मी शाक्य, र सुरेश किरणलाई नेपाल भाषाको सँझ्याः कलात्मक झ्यालको रूपमा सम्मानित गरेको थियो । त्यस्तैगरी केन्द्रले  विभिन्न क्षेत्रमा उत्प्रेरणामुलक व्यक्तित्वहरूलाई पनि सम्मान गरेको थियो । जसमा कुल बहादुर थापा बगाले, दीपक जङ्गम, प्रा. डा. वीणा पौडेल, प्रा. डा. हेमनाथ पौडेल, शान्ता मानवी, के के कर्माचार्य, वासुदेव अधिकारी, राजन प्रसाद न्यौपाने, तनुजा महर्जन, नर्मदेश्वरी सत्याल, जयन्ती स्पन्दन, सिआइएनका दीपक आचार्य, र रामबाबु नेपाललाई भव्य रुपमा सम्मान गरिएको थियो । त्यस्तैगरी   नेपाली साहित्य उत्थानमा विशेष योगदानको लागि नेपालमा रहेको संस्थाहरुमध्ये युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठान तथा पारिजात स्मति केन्द्र संस्थाहरूलाई पनि विशेष सम्मान गरेको थियो । उक्त कार्यक्रममा थुप्रै साहित्यकारहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा समाजसेवी तथा राजनीतिकर्मी सुजिता शाक्यले अक्षलोक र सिद्देश्वर सरको बारेमा चर्चा गर्नुभएको थियो । तयस्तैगरी अक्षलोक पत्रिकाको समीक्षा वरिष्ठ साहित्यकार अभि सुवेदीले गर्नुभएको थियो । उक्त कार्यक्रममा वहांले म्याग्लुङ्ग हुंदै अक्षलोक अहिले विश्वभर फैलिएको र अक्षलोकको अर्थ, अक्षलोकको स्थान, अक्षलोकमा प्रकाशित साहित्यहरु कुनै पनि राजनीतिसंग सम्बद्ध नभएको र विशेषगरी पत्रिकामा प्रगतिशील विचारहरु समेट्दै अघि बढेको विचार व्यक्त गर्नुभयो ।अहिले महिलाालाई कमजोर भनिरहेको हुंदा सावीत्री श्रेष्ठले यो संस्थालाई उचाईमा पु–याउने कामको समेत प्रशंसा गर्नुभयो   उक्त कार्यक्रममा अक्षलोक साहित्य केन्द्रकी सावित्री श्रेष्ठले पुरस्कृत व्यक्तित्वहरुको बारेमा जानकारी दिनुका साथै अक्षलोक साहित्यक्षेत्रमा लाग्नुभएका पुराना तथा नयां साधकहरुलाई खोजी उत्कृष्टलाई सम्मान स्वरुप पुरस्कृत गर्न पाउंदा खुशी लागेको र आगामी दिनमा सम्पूर्ण साहित्य अनुरागीहरुश्रको साथ रहने विचार बताउनु भयो । उक्त कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति गंगा प्रसाद उप्रेतीले सिद्धेश्वरमानको पारिवारिक अवस्था र अक्षलोकसंग आफ्नो गहिरो सम्बन्ध रहेको विचार व्यक्त गर्नुभयो उक्त कार्यक्रको समापन कार्यक्रमका सभापति  स्वजन स्वराज शाक्य ले गर्नुभएको थियो । कार्यक्रममको बिचमा सिद्धेश्वरमान श्रेष्ठको फोटोमा माल्र्यापण समेत गरिएकोे थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...