नवनियुक्त प्रधानमन्त्री ओलीद्वारा शपथग्रहण

काठमाडौँ, असार ३१ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली केपी ओलीले सोमबार प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीले दौरा सुरुवालमा शपथ लिए ।

राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएका हुन् । ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो । यसअघि उहाँ २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बहिर्गमन भए ।

 

समारोहमा उपराष्ट्रपति रामसहाय यादव, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्व समारोहमा उपस्थित थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...