पोखरा, साउन । सवै पहेँला कपडा लगाएहरुको लर्को । पञ्चेबाजा र खैजरी मुजुरा अनि भजन गाउदै खाली खुटटा । साउनको पहिलो सोमबार पोखरा यसरी सुरु भएको बोलबम यात्रा आजबाट टुंगिएको छ ।
तस्विरहरु संजय शाक्य
साउन महिनाको पहिलो सोमबार ७ गतेबाट सुरु भएको बोलबम यात्रा अन्तिम सोमबार २८ गतेबाट अन्त्य भएको छ । साउन महिनालाई शिवजीको महिनाका रुपमा लिइने र सोमबार शिवालयमा पुजापाठ गर्ने मान्यता रहेको छ । आजबाट साउनका सोमबार सकिएपछि बोलबम यात्राको अन्त्य भएको छ भने अव अर्को सालको साउनसम्म कुुर्नुुपर्ने छ ।