नागरिक परोपकार समन्वय संस्थामा पन्थी

लेखनाथ, भदौं । कोभिडका समयमा विपत ब्यवस्थापनमा सहयोग पु¥याउने उदेस्यले स्थापन भएको नागरिक परोपकार समन्वय संस्थाको पाचैं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी कार्यकालका लागि देवराज पन्थीलाई अध्यक्ष पदमा चयन गरेको छ ।

वि स २०७६ सालमा विश्व ब्यापी रुपमा फैलिएको कोभोड रोगका कारण जनस्तरमा छाक टार्न समेत समस्या देखा परेपछि स्थानिय स्तरमा सहयोग संकलन गरि संकटमा परेकालाई खानाको ब्यवस्था गर्दै जादा सहयोग सस्थाको आवस्यकता खड्कि पछि विधिवत रुपमा वि स २०७७ भदौं १ गते नागरिक परोपकार समन्वय सस्था स्थापन गरिएको थियो ।

 

आपत सविपतमा परेका देखि आर्थीक अवस्था कमजोर भएकालाई सहयोग गर्ने उदेस्यले स्थापन भएको सस्थाले पाँच वर्ष पुरा गरेको अवसरमा शनिवार स्थापना दिवस,पाचौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन मार्फत सर्वसम्वत रुपमा वर्तमान कार्यसमितिका उपाध्यक्ष देवराज पन्थीलाई अगामी दुई वर्षका लागि अध्यक्ष पदमा चयन गरेको हो ।

 

सर्वसम्वत रुपमा चयन भएको समितिको उपाध्यक्षमा सोमनाथ जमरकट्टेल,सचिवमा शिवराज सुवेदी र कोषाध्यक्षमा वसन्तराज ढकाललाई चयन गरेको छ भने समितीको सदस्यहरुमा शुसिल लामिछाने,रमा नेपाली,भैरवलाल श्रेष्ठ,वावुराम पौडेल,भुवन श्रेष्ठ,कृष्ण प्रसाद ओझा र गोविन्द अधिकारीलाई चयन गरेको हो ।

 

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उप प्रमुख मञ्जु देवि गुरुङले सेवा गर्ने भावले स्थापन भएका जुन सुकै सस्थालाई पनि राज्यको तर्फबाट सहयोग हुने प्रतवद्धता जाहेर गर्दै आपत विपतमा परेका देखि आर्थीक तथा सामाजिक रुपमा कमजोर भएका वर्गलाई माथी उठाउने दाईत्य राज्यको भए पनि जनस्तरबाट स्थापना भएको सस्थाले राज्यको दाईत्वलाई कम गरिदिएकाले यस प्रकारका काममा सहकार्यको आवस्यता औलाएकी थिईन ।

 

महानगरपालिकाले सामाजिक विकासका लागि विपत ब्यवस्थापन,सडक वालवालीका ,जेष्ठ नागरिक तथा सामाजिक क्षेत्रबाट पछि पारिएका वर्गको उत्थानका लागि सहयोग सस्थाको खोजी गरि सहकार्य गर्ने योजनामा रहेको वताएकी थिईन ।कार्यक्रममा पोखरा महानगपालिका वडा नं ३० का वडाअध्यक्ष दुर्गाप्रसाद सुवेदीले आपत विपत भनेको एउटा भैपरि आउने दुर्घटना भए पनि यसलाई कसरी न्यूनिकरण गर्न सकिन्छ वा घटना पछिको ब्यवस्थापनका बारेमा सवैको चासो जानु पर्ने सुझाव राखेका थिए ।

 

नागरिक परोपकार समन्वय संस्थाका अध्यक्ष चिरञ्जीवि तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार वावुराम गिरी,नेपाली काग्रेस कास्की उप सभापति रामवावु भण्डारी,नेकपा एकालेमा जिल्ला कमिटिका सदस्य कृष्ण प्रसाद अधिकारी,नेकपा माओवादी केन्द्रका शिवजी लामिछाने,राष्ट्रिय स्वतन्त्र पाटी कास्कीका सह संयोजक राजु राई,सस्थाका परिकल्पनाकार पोखरा महानगरपालिका वडा नं ३० का निवर्तमान वडाअध्यक्ष श्रीराम पोखरेल, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ र सम्पुर्ण महिलाहरुको तर्फबाट पोखरा महानगरपालिका कार्यपालिका सदस्य भीम कुमारी गर्वजा पुन लगाएतले सामाजिक काम गर्ने संघ सस्था तथा ब्यक्तिहरुलाई प्रोत्साहन गर्नु पर्नेमा जोड दिएका थिए ।

 

सस्थापक अध्यक्ष राजेन्द्र ओझाले स्वागत मन्तवय राखेको कार्यक्रमको संचालन सचिव गीत जमरकटेलले गरेकी थिईन भने धन्यवाद ज्ञापन उपाध्यक्ष देवराज पन्थीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...