घोप्टे भीरमा आएको पहिरो

चितवन, भदौ २१ गते । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको घोप्टे भीरमा आएको पहिरोले गर्दा मुग्लिङ मलेखु सडक अवरुद्ध भएको छ ।

भारी बर्खापछि आएको पहिरोले शुक्रवार बिहानै बाट राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । लेदो सहित ठुलो पहिरो आएकाले पन्छाउन केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । अहिले पहिरो स्थलमा सुरक्षाकर्मी र डिभिजन सडक कार्यालयका प्रतिनिधिले काम गरिराखेको छ ।पहिरो झरेपछि बाटो पूर्ण रूपमा बन्द भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...