बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य परीक्षण

पोखरा, भदौ ३० गते । ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा शारीरिक अपांगता भएका बालबालिकको पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ । शिविरमा करिव १ सय जना बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको छ । विकलागं मित्र समुह÷अपांग बाल अस्पताल तथा पुूर्नस्थापना केन्द्र बनेपाको, पोखरा महानगरपालिका समाजिक विकास महाशाखा र महानगर बाल मञ्चको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

 

 

 

 

 

 

शिविरमा जन्मजात खुुट्टााको पैतलाभित्र फर्केको, आगोले पोलेर अंगहरु एक आपसमा टाँसिएको, भाँचिएको बांगो, हड्डी नजोडिएको खुुट्टा लुुलो र कमजोर भएको, जोर्नीहरु दुुख्ने र सुन्निने समस्या भएका , हड्डी पाकेर पिप आईरहने र हड्डीको टि.वि.रोग लागेका बालबालिकाको उपचार गरिएको गरिएको थियो । त्यस्तै शिविरमा औलाहरु एकआपसमा टाँसिएको वा बढी भएको, शरीरका विभिन्न जोर्नीहरु बांगो वा खुुुस्किएको, सहायक सागम्री तथा कुृत्रिम अंगको आवश्यकता भएका र ओठ तालु फाँटेका अन्य हाडजोर्नी सम्बन्धी समस्या भएका बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको अंपागता बाल अस्पाताल तथा पूर्नस्थापना केन्द्र बनेपाका शालिकराम तिमिल्सिनाले जानकारी दिए ।

 

शिविरको पोखरा महानगरपालिकाका उपप्रमुुख मञ्जुुदेवी गुुरुङले उद्घाटन गर्दै शिविरले शारीरिक रुप्मा अपांगता भएका बालबालिको स्वास्थ्य परीक्षणमा सहज भएको बताइन् । उनले उपचार र परीक्षणका लागि बनेपा जानुपर्ने बाध्यता समेत हटेको बताउदै शारीरिक रुपमा समस्या भएका बालबालिलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा महानगर गम्भिर रहेको बताइन् । पोखरा महानगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा महानगर सामाजिक विकास महाशाखा दिर्नेशक निर्मला शर्मा र महिला विकास अधिकृत बेलकुमारी गुुरुङले बोलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...