पाेखराकाे पर्यटकीय गन्तव्य पाताले छाँगाेमा लाग्याे ताला

पोखरा, १५ कात्तिक/ पोखरा १७ छोरेपाटनमा रहेको पर्यटकीय गन्तव्य पाताले छाँग्रो (डेभिज फल) काे मुल गेटमा ताला लागेकाे छ ।

त्यहीँबाट हुने आम्दानी पाेखरा महानगरकाे खातामा ल्याउने गरि पाेखरा महानगरले नगर प्रहरी परिचालन गर्ने तयारी गरेपछि स्थानीय र छोरेपाटन माविले ताला लगाएका हुन् ।हिजाे साँझनै महानगरले कर्मचारीलाई डेभिज फल पुग्न निर्देशन दिएको थियाे । निर्देशन अनुसार महानगरका कर्मचारी नगर प्रहरी विहानै ६ बजे पुगेका थिए ।तर उनिहरु नपुग्दै गेटमा तीनवटा भाेटे ताल्चा झुन्डिएका थिए । स्थानीय र विद्यालयले ताला लगाएपछि कर्मचारी र नगर प्रहरी फिर्ता भएका छन ।एक हप्ता भित्र छलफल गरर निष्कर्ष निकाल्ने गरि कर्मचारी र नगर प्रहरी फिर्ता भएकाे बताएको छ ।

 

मुख्य गेटमा ताला लागेपछि त्यहाँ घुम्न आएका पर्यटकहरुहरु बाहिरबाटै फिर्ता भएका थिए । बिहीबार बिहान नगद प्रहरी र स्थानीय बिच झडपकाे अवस्था सृजना भएकाे थियाे ।विद्यालय र स्थानीयले विद्यालयले भोचलन गर्दै आएको त्यस क्षेत्रहरुलाई ठक्कामा लगाउन नपाइने उनिहरुले बताएका छन् ।

 

महानगरले विद्यालय र स्थानीय सँग छलफल गरेर अगाडी बढ्नु पर्ने विद्यालयका प्रधानध्यापक डिल्लिराम भुसालले बताए । उनले डेभिज फल कै आम्दानीबाट १ सय जना भन्दा बढि शिक्षकहरुलाई विद्यालयले तलब दिने गरेको बताए ।

विद्यालयले बार्षिक करिब ४ करोड रुपैया आम्दानी गर्दै आएकोमा महानगरपालिकाले २ करोडमा ठक्का दिएको स्थानीयको भनाई छ । ‘हामी त्यसै आन्दोलनमा आएका हैन,’ स्थानीय देवराज आचार्यले भने ‘विद्यालयले वार्षिक ४ करोड कमाउदै आएको थियो, महानगरलपालिकाले २ करोडमा ठक्का दिएको छ ।’ उनले त्यस पैसा नगरबासि सबैको हो । ४ करोडको आम्दानीलाई २ करोडमा घटाउन पाइदैन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...