सबै पुन मगर एकजुट हुन पुर्वमन्त्री पुनको आग्रह

पोखरा,  पुस ।मगर समुदायको मौलिक सांस्कृतिक चाड माघे संक्रान्ति २०८१ को अवसरमा नेपाल मगर संघ कास्कीले विद्यार्थी सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रम सोमवार सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मगर पुन समाजका संरक्षक पूर्वमन्त्री उत्तम बहादुर पुनले सम्पूर्ण पुन मगरहरु एकजुट भई अगाडि बढ्न आग्रह गर्नुभयो । यस्ता कार्यक्रमले पुन मगर समाजलाई अगाडि बढाउँदै लैजानेमा खुसी व्यक्त गर्नुभयो ।

 

 

उक्त अवसरमा समाजले आयोजना गरेका खेलकुद प्रतियोगिता अन्तर्गत ब्याडमिन्टन र डोरी तान्ने प्रतियोगितामा विजयी व्यक्तिहरु तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।

 

 

कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछा मगर, केन्द्रीय सदस्य हर्क आले मगर, प्रदेश समिति अध्यक्ष तारामाया थापामगर, भुजेल समाज सेवा समिति कास्की अध्यक्ष नर बहादुर घर्ती, नेपाल मगर महिला संघ कास्की अध्यक्ष नुनु राना मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

 

 

उक्त अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।नेपाल मगर संघ कास्कीका कार्यवाहक अध्यक्ष चन्द्र बहादुर पुर्जा पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिल्ला कोषाध्यक्ष भक्त बहादुर पुन मगरले गर्नुभएको थियो भने कार्यक्रमको संचालन सचिव लाल बहादुर मगरले गर्नुभएको थियो

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...