कास्की जिल्ला क्रिकेट लिग शुरु,राईजिङ र माछापुच्छ्रेकाे जित

पोखरा, माघ २१ गते ।साविक विजेता राईजिङ क्रिकेट क्लब र माछापुच्छे क्रिकेट क्लबले कास्की जिल्ला टी —२० लिग क्रिकेट प्रतियोगितामा जितसँगै सुखद शुरुवात गरेका छन् । राईजिङले लेकसाईड क्रिकेट क्लबलाई पराजित गर्दा माछापुच्छ«े क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।

पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार विहान भएको उदघाटन खेलमा अनिल गुरुङको शतकीय पारीमा राईजिङले लेकसाईडलाई विशाल लक्ष्य प्रस्तुत गरेको थियो । टस जितेर व्याटिङ गरेको राईजिङका लागि अ‍ेपनर अनिलले ६९ बलमा १२५ रनको महत्वपूर्ण इनिङ खेले । कृष्ण पौडेलले २१ रन बनाए । अन्य व्याटरको दोहोरो अंकको रन बनाउनबाट चुके यद्यपी लक्ष्य भने विशाल बन्यो । अतिरिक्त ३१ रन प्राप्त गरेको राईजिङले लेकसाईडलाई जितको लागि २०५ रनको चुनौति पेश गर्यो । लेकसाईडका लागि हरिशंकर तिवारी, नविन खनाल र खेमबहादुर गुरुङले समान २÷२ विकेट लिए ।

 

२०६ रनको विशाल लक्ष्य पछ्याएको लेकसाईड क्रिकेट क्लब भने ६३ रनमा समेटियो । १४२ रनको जित निकाल्ने क्रममा राईजिङका कृष्ण पौडेल, अन्जन केसी र सविन खत्रीले समान दुई दुई विकेट लिएपछि लेकसाईड ६३ रनमा समेटिन पुग्यो । नवौं नम्बरमा आएका केशव सुनाले सर्वाधिक २६ रन बनाउँदा दशौं नम्बरका नविन खनालले १४ रन बनाए । अन्य व्याटरले पनि दोहोरो अंकको रनको आँकडा छुन सकेनन् । खेलमा राईजिङका अनिल प्लेयर अफ दि म्याच घोषित भए ।

 

यसैगरी अर्को खेलमा माछापुच्छे क्रिकेट क्लबले लेखनाथ युथ स्पोर्टस क्रिकेट क्लबलाई ९३ रनले पराजित गर्दै सुखद शुरुवात गरेको छ । टस जितेको लेखनाथले क्षेत्ररक्षण रोज्दै पहिलो इनिङको व्याटिङ गर्दै माछापुच्छ«ेले १६७ रनको योगफल तयार पार्यो । ओपनर अशेष न्यौपानेले ३९ बलमा ४४ रन हिर्काउँदै गतिलो शुरुवात दिलाए । ७ चौका हिर्काए । त्यस्तै मनोज कोईराला १० रनमा आउट भए । तेस्रो नम्बरमा आएका प्रमोद बास्तोलाले ले २० बलमा ४१ रन हिर्काए। उनको व्याटबाट पनि ७ चौका निस्कियो । अर्का व्याटर सुमित श्रेष्ठले २९ बलमा ४२ रनमा अविजित खेले । ४ चौका प्रहार गरे ।

 

१६८ रनको लक्ष्य पछ्याएको लेखनाथ युथ क्रिकेट क्लब भने ७४ सनमा समेटियो । प्रमोद बास्तोलाले ४ ओभरमा एक मेडन राख्दै ९ रन दिएर ४ विकेट लिएपछि लेखनाथ सस्तैमा समेटियो । मार्सल बराल र सुशिल सुवेदीले समान १४ रनको योगदान दिए । अन्य व्याटरको पनि दोहोरो अंकको रन स्कोर कार्डमा चढेन् । खेलमा प्रमेद बास्तोला प्लेयर अफ दि म्याच घोषित भए ।

 

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा शुरु भएको प्रतियोगिताको उदघाटन कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष अभिषेक थापाले गरेका थिए । संघका उपाध्यक्ष दिपेन्द्र चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

 

कास्कीमा राईजिङ, माछापुच्छे, पोखरा क्रिकेट, कास्की क्रिकेट क्लब, सांग्रिला क्रिकेट क्लब, अरण्यज्योति क्रिकेट क्लब, लेखनाथ युथ क्रिकेट, लेकसाईड क्रिकेट क्लबको आवद्ध छन् । क्लबहरु बीच राउण्ड रोविनमा प्रतिस्पर्धा गराईने प्रतियोगिताका संयोजक दुर्गाबहादुर चन्दले जनाए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...