राईजिङ र माछापुच्छ्रे क्रिकेट क्लब विजयी

पोखरा, माघ २३ गते ।माछापुच्छ्रे त्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा बिहीबार लेकसाईड क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग अन्तर्गत बिहीबार टस जितेर व्याटिङ रोजेको माछापुच्छ्रे क्रिकेटले १७५ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । ओपनर मनोज कोईरालाईले पहिलो विकेट गुमाएपछि इनिङ सम्हाल्दै ३२ बलमा ६१ रनको पारी खेले । उनले १० चौका र एक छक्का प्रहार गरे ।


सुमित श्रेष्ठले २२ रन बनाईआउट हुदाँ प्रमोद बास्तोलाले भने १८ रनको योगदान दिए । गोरे जी.टीले १७ रन बनाएका थिए । बलर हरिशंकर तिवारीले ४ विकेट लिए । १७६ रनको लक्ष्य पछ्याएको लेकसाईड क्रिकेट क्लब भने ८६ रनमा अलआउट हुन पुग्यो । अभिषेक थापाले ३ ओभरमा एक मेडन राख्दै ३ रन दिएर चार विकेट लिएपछि लेकसाईड धरासायी बन्यो । भोला यादवले २९ र रवि गुरुङले २१ रन बनाए । अन्य व्याटरले भने दोहोरो अंकको रन जोड्न सकेनन् । खेलमा प्लेयर अफ दि म्याच अभिषेक थापा भए ।

त्यसैगरी दोस्रो खेलमा राईजिङ क्रिकेट क्लबले लेखनाथ क्रिकेट क्लबलाई १६३ रनले पराजित गरेको छ । अनिल गुरुङको अविजित ९२ रनको सहयोगमा २०८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । निर्मल शाहीले २२ रन बनाए । अनिल तेस्रो नम्बमा आउँदै अनिलले ९२ रन बनाउन ५२ बल खेले । उनले १२ चौका र ४ छक्का प्रहार गरे । अर्का व्याटर कृष्ण पौडेलले ५९ रनको इनिङ खेले । २७ बलमा ३ चौका ६ छक्का प्रहार गरे ।
विशाल लक्ष्य पछ्याएको लेखनाथ त्रिकेट क्लब भने ४५ रनमा समेटियो । विकल बरालले १२ रन बाहेक अन्य व्याटरले दोहोरो अंकको रन स्कोर कार्डमा लेखिएन् । अनिष रावतले ३ विकेट लिए । खेलमा अनिल प्लेयर अफ दि म्याच घोषित भए ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...