पूर्वराजा ज्ञानेन्द्र पाेखरा आउने, स्वागतकाे तयारी

पाेखरा, माघ २४ गते ।पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह पोखरा आउनु हुने भएकाे छ । पूर्वराजालाई स्वागत गर्ने उदेश्यले पोखरामा प्रारम्भिक छलफल सम्पन्न भएको छ ।

राजा ज्ञानेन्द्र यही माघ २७ गते पोखरा आउने कार्यक्रम रहेको  छ। सो अवसरमा भव्य स्वागतका लागि पश्चिमाञ्चल बासीले छलफल गरेका छन् । पूर्व राजासंग पश्चिमाञ्चल बासी नेपाली जनताले विभिन्न योजनाबारे छलफल गर्ने बैठकमा सहभागीहरुले बताएका छन्।

 

स्वागत कार्यक्रमलाई भव्य बनाउन आवश्यक तयारी थालिएको बताएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...