पुलिस क्लब आहा राराकाे सेमिफाइनलमा

एकराज गिरी/पोखरा, माघ २६ गते । नेपाल पुलिस क्लबले पहुना टाेलि ब्रिगेड ब्वाइज क्लब युकेलाई पाखा लगाउदै २४औं आहारारा पाेखरा गाेल्ड कपकाे सेमिफाइनल प्रवेश गरेकाे छ ।


पाेखराकाे मैदानमा सर्वाधिक सफल विभागीय पुलिसले ब्वाइजलाई २-० काे सहज जित निकाल्दै सेमिफाइनल यात्रा पक्का गरेकाे हाे ।

पहिलाे खेलमा आयाेजक सहारालाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेकाे थियाे । बाइ पाएर क्वाटरफाइनल खेलेकाे पाहुना टाेली ब्रिगेड ब्वाइज क्लब युकेले पाेखरा बसाइँ छाेट्याउदै घर फर्किएकाे छ ।

पुलिसलाई जित दिलाउन विवेक पाण्डे र कप्तान राम वाजीले गोल गरे।विवेकले २८ औं मिनेटमा कर्नरमा गोल गर्दैै गाेलकाे खाता खाेले । ४० औं मिनेटमा विवेककै कर्नरमा रामले हेड मार्फत गोल गर्दैै टोलीको अग्रता दोब्बर पारे । ९० मिनेटमा गाेल गर्ने प्रयास गरेकाे ब्वाइजले दुई अवसर सृजना गरेकाे थियाे ।

 

सेमिफाइनलमा पुलिसले फाइनल प्रवेशका लागि चर्च ब्वाइज युनाइटेड र त्रिभुवन आर्मी एफसी बीचकाे विजेतासँग खेल्नेछ ।

 

पाेखराकाे मैदानमा भाग्यमानी पुलिसले २०५८ मा काराभान गोल्डकप, २०५९, २०६४,२०६५, २०६६ र २०७४ सालमा गरि ६ पटक आहा रारा गोल्डकपको उपाधि उचालिसकेकाे छ प्रतियोगिताकाे दाेश्राे क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र ५ पटकको विजेता थ्री स्टार क्लबबिच आइतबार हुनेछ।

प्रतियोगिताको विजेताले १२ लाख १ हजार र दोस्रो हुने टोलीले ६ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...