काठमाडौं, फागुन १ गते । नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा।यदुचन्द्र घिमिरेले नसर्ने रोग पहिचानका लागि एक महिने अभियानको सुभारम्भ कार्यक्रमको उद्घाटन गर्नुहुँदै यस्तो बताउनु भएको हो ।पछिल्लो समयमा नेपालमा नसर्ने रोगका कारण बिरामी हुने एवम् मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
उहाँले भन्नुभयो, “नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अर्थात ७१ प्रतिशत ९एक लाख २७ हजार ५५३ ०नसर्ने रोगका कारणले गर्दा भएको तथ्याङ्क छ ।”डा।घिमिरेका अनुसार बललिँदो जीवनशैली, बढ्दो शहरीकरण, परिवतर्तित जनसङ्ख्याको अनुपात, जलवायु परिवर्तन जस्ता विविध कारणले नसर्ने रोगको समस्या नेपालमा बढ्दै गएको हो ।
हरेक चार वयस्कमध्ये एक जनालाई उच्च रक्तचाप हुने सर्वेक्षणले देखाएको छ । समयमै पहिचान र उपचार नहुँदा उच्च रक्तचापबाट हुने जटिलताहरु जस्तै मस्तिष्कघात, हृदयघात, दीर्घ मिर्गौला रोग आदिको व्यवस्थापनमा व्यक्ति, परिवार तथा राज्यको ठुलो धनराशी खर्च हुनका साथै बिरामीको अल्पायूमै मृत्यु भइरहेको छ ।