कास्की क्रिकेट लिगः लेकसाईडमाथि कास्कीको फराकिलो जित

पोखरा, फागुन २ गते ।माछापुच्छ«े क्रिकेट क्लबले अरण्यज्योति क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेको छ । कास्की क्रिकेट लिग अन्तर्गत शुक्रबार पोखरा क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा टस जितेको अरण्यज्योतिले प्रदीप पौडेलको ४४ रनको योगदानमा १२७ रन बनायो । ३१ बलमा ४ चौका र १ छक्का प्रहार गरे । आशिष पौडेलले २६ रन बनाउन १८ बल खेले । उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यस्तै प्रवीण पौडेलले भने २१ रनको योगदान दिए । अभिषेक थापा र प्रमोद बास्तोलाले समान दुई दुई विकेट लिए ।


१२८ रनको लक्ष्य पछ्याउने क्रममा माछापुच्छ«ेले सुमित श्रेष्ठको अविजित ३७ रनको योगदानमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । १७.१ ओभरमा पुरा गर्ने क्रममा अभिषेक थापाले पनि ३६ रनमा अविजित रहँदै जित पक्का बनाए । अशेष न्यौपानले ओपनिङ गर्ने क्रममा २२ रन बनाएर पभेलियन फर्किए । मनोज कोईरालाको नाममा १६ रन स्कोर कार्डमा लेखियो । अभिषेक भुजेलले २ विकेट लिए । अभिषेक थापा खेलमा प्लयेर अफ दि म्याच घोषित भए ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की टी –२० क्रिकेट लिग अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कास्की क्रिकेट क्लबले आफनो जितलाई निरन्तरता दिने क्रममा लेकसाईड क्रिकेट क्लबमाथि ११० रनको फराकिलो जित निकाल्यो । रोहित चन्दा र आदित्य थापाले पहिलो विकेटको लागि ६५ रनको साझेदारी निभाए । उत्कृष्ट शुरुवात दिलाएका चन्द र थापाले क्रमश ३६ रन र ५३ रन बनाए । थापाले अर्धशतक पुरा गर्ने क्रममा ४६ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।

चौथो नम्बरमा आएका आयुष सैंजुले २८ बलमा ७२ रन बनाए । ६ चौका र ६ छक्का प्रहार गरेपछि कास्कीले २२८ रनको विशाल योगफल तयार पार्यो । विश्वास पराजुलीले १४ बलमा ३९ रनमा अविजित रहे । उनले २ चौका र ४ छक्का प्रहार गरे । केवल ४ विकेटको क्षतिमा विशाल योगफल बनाउने क्रममा लेकसाईडका बलर निकै महंगा सावित भए । खेमबहादुर गुरुङ ३ ओभरमा ५४ रन खर्चिए । भोला यादवले ५० रन दिदाँ हरिशंकर तिवारीले ४ ओभरमा ४० रन खर्चिए । प्रदीप पेलाले ३४ रन खर्चिएर ३ विकेट लिए ।

विशाल लक्ष्य पछ्याएको लेकसाईड भने ११८ रन बनाउने क्रममा २० ओभर पुरा खेल्यो । ओपनर रोशन चापागाँईले २८ रन बनाए । नेजामुद्धिन शेखले २५ र खेमबहादुर गुरुङले १३ रनमा अविजित रहँदा लेकसाईडले ७ विकेटको क्षतिमा ११८ रनमात्रै बनाउन सक्यो । निरन्जन ठाकुरले ३ विकेट लिए । खेलमा आयुष सैंजू प्लयेर अफ दि म्याच घोषित भए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...