गण्डकी, बैशाख ११ गते ।मुलुकमा भयावह अवस्थामा देखिएको प्राण घातक रोग क्यान्सर लाग्न नदिनका लागि खानपानमा ध्यान दिनु पर्ने यहाँ आयोजित कार्यक्रममा वक्ताहरुले जोड दिएका छन् ।
नारिशक्ति जागरण आमा समुह पोखरा १७ आँखा अस्पतालद्धारा आयोजित स्तन क्यान्सर सम्वन्धि सचेतना एवम् नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा वक्ताहरुले प्रत्येक छ महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्नेमा जोड दिएका हुन ।
पोखरा महानगरपालिका वडा नं. १७ का वडाअध्यक्ष राधिका शाही योगीले कार्यक्रमको उद्घाटन गर्दै सचेत हुन सके मात्र क्यान्सर रोगबाट बच्न सकिने बताउनुभयो ।
रोग लागेर दुःख पाउनु भन्दा लाग्नै नदिनका लागि सचेत रहनु पर्नेमा जोड दिंदै उहाँले विशेष गरि खानपानमा ध्यान दिन सके क्यान्सर जस्तो प्राण घातक रोगबाट बच्न सकिने बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ अस्पताल नर्सिङ निरीक्षक अधिकृत सविना श्रेष्ठले कार्यक्रमका सहभागिलाई स्तन क्यान्सर र यसका लक्ष्यण एवम वच्ने उपाएका बारेमा सहजिकरण गर्नुभएको थियो ।
आमा समुहका अध्यक्ष राधादेवी लम्सालको अध्यक्षतामा भएको कार्यत्रक्रममा सञ्चारकर्मी हरिप्रसाद बास्तोला, गैससका निवर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, घारीपाटन वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तोयनाथ लम्साल, छहारी टोल विकास संस्थाका अध्यक्ष दिपक गोदार, समुहका सल्लाहकार लिला बहादुर जिसी, समुहका निवर्तमान अध्यक्ष प्यारी गुरुङ, चन्द्रमाया गुरुङ, पूर्णकला पोखरेल, सरास्वती नेपाल लगायतले क्यान्सर रोगका बारे समाज सचेत हुनु पर्नेमा जोड दिनु भएको थियो ।