जनप्रिय र सृजना उपाधिका लागि प्रतिस्पर्धा गर्ने

पोखरा, बैशाख २७ ।चार खेल चार जितसँगै जनप्रिय स्कुल पोखरामा आयोजित अण्डर १६ विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको फाईनल प्रवेश गरेको छ । शीर्षस्थानमा रहँदै जनप्रियले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । चार खेल, दुई जित, एक बराबर र एक हारसँगै दोस्रो स्थानमा रहेको सृजनाले उपाधिको लागि जनप्रियसँग खेल्ने छ ।

कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा शनिबार जनप्रियले हिमालयन बोर्डिङलाई ७० रनले पराजित गर्दै शीर्षस्थानमा रह्यो । हिमालयनले टस जित्दै बलिङको निर्णय लियो । जनप्रियले ९ विकेटको क्षतिमा १२१ रनको योगफल तयार पार्यो । सन्तोष तामाङले २५ रनको योगदान दिदाँ मौसम भट्टराईले २३ र प्रशान्त भट्टराईले २० रनमा अविजित रहे । बलिङ तर्फ सुदर्शन कोइरालाले ४ विकेट लिए ।

 

यसैगरी हिमालयन बोर्डिङले जवाफी व्याटिङ गर्ने क्रममा ९.४ ओभरमा ५१ रनमा समेटियो । आयुष पनेरुले सर्वाधिक १५ रन बनाए । सम्राट रावतले तीन ओभरमा ८ रन दिएर ५ विकेट लिए । उनी रावत प्लेयर अफ दि म्याच घोषित भए ।

 

यसैगरी अर्को खेलमा सृजना बोर्डिङले कुमुदिनी होम्सलाई ७ विकेटले पराजित गरेको छ । कुमुदिनीहोम्सले टस जित्दै पहिलो इनिङमा ८० रनको स्कोर बनायो । आयुष साहले १६ रन बनाए । सन्जीत कुँवरले १५ रन बनाउँदा विद्धान देवकोटाले १४ रन बनाए । आयुष अधिकारीले २ विकेट लिए ।

 

सोनु यादवको उत्कृष्ट व्याटिङ प्रेरित सृजनाले सहज जित निकाल्यो । सोनुले २१ बल खेल्दै ४५ रन बनाए । त्यसस्तै विशाल ढकाल अविजित रहँदै १२ रन र दिवस तिवारीले पनि १२ रनको योगदान दिए । विद्धान देवकोटाले ३ विकेट लिए । खेलमा सोनु यादव प्लेयर अफ दि म्याच घोषित भए ।

 

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...