पोखरा, ११ जेठ ।पोखराकी शान्ती श्रेष्ठ उदासले अन्र्तराष्ट्रिय अर्वाड पाउन सफल भएकी छिन् । सिंगापुरमा आयोजित अमेरिकाको प्रतिष्ठित दि इन्टरनेशनल अवार्ड फोरमले उदासलाई ग्लोबल एक्सेलेन्स इन लिडरसिप अवार्ड प्रदान गरेको हो । फोरमले विश्वका बिभिन्न देशका उद्यमी एवम समाजसेवीहरुलाई उनीहरुको कामको प्रभावकारिताको आधारमा पुरस्कृत गर्ने गरेको छ ।
उदाससंगै अन्य देशका व्यक्तिहरुमा सम्मानित भएका छन् । उदास पोखराको नदिपुरमा महिला तथा युवाहरुको सीप र व्यावसायिक दक्षता अभिबृद्धिका लागि स्थापना गरिएको सारथी केन्द्र तथा बिभिन्न सीपमुलक तालिमहरु पश्चात उत्पादित स्थानिय उत्पादनहरुको बजारीकरणका लागि खोलिएको सृष्टि क्रियशनको अध्यक्षका रुपमा कार्यरत रहेका छन् ।
नेवा मिसा पुचका संस्थापक अध्यक्ष, राष्ट्रिय आदिबासी जनजाती महिला महासंघ कास्कीको सचिव, नेपाल उद्योग वाणिज्य महासंघ अन्र्तगत महिला उद्यमी विकास समितीको केन्दि«य कार्यसमितीमा रहेर काम गरि सामाजिक योगदान दिएका छन् । उनी कास्की मोडल हस्पिटलका निर्देशक, कास्की फाइनान्सका पुर्व डाइरेक्टर, आल्मोण्डस क्याफेका संचालक रहेका छन ।