पोखरा, जेठ/यातायात व्यवसायीले सार्वजनिक सवारी बन्द गरेपछि इन ड्राइभ राईडरहरुले बढि भाडालिएका छन् ।बढि भाडा लिएकाे गुनासो आएपछि प्रहरीखटिएको थियाे ।
बढि भाडादर लिएका ८ सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
बढि भाडा लिएको भन्ने गुनासो प्राप्त भए प्रश्चात जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखराको बिभिन्न स्थानबाट ८ वटा सवारी साधनहरुलाई नियन्त्रण लिएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर वस्नेतले जानकारी दिए ।
ती सवारी साधनलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार कार्वाही गरिएको उनले बताए ।